दुई पार्टीका स्वास्थ्यकर्मी एकीकरण गर्न नेकपाले गठन गर्‍यो चार सदस्यीय कार्यदल

3.1k
Shares

काठमाडौँ, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सम्वद्ध स्वास्थ्यकर्मी संगठनहरुको एकीकरण गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदललाई आगामी २५ साउन भित्र केन्द्रीय सचिवालयसमक्ष प्रतिवेदन पेश गर्न समयसिमा तोकिएको छ ।

चार सदस्यीय कार्यदलमा गोकर्ण विष्ट, सुजिता शाक्य, अन्जना विशंखे र डा. कृष्णसागर शर्मा छन् । पार्टी एकीकरण हुनुअघि विष्ट एमालेका सचिव थिए भने शाक्य एमालेकै स्वास्थ्य विभाग प्रमुख थिइन । यस्तै विशंखे माओवादी केन्द्रको स्वास्थ्य विभागका प्रमुख थिइन भने शर्मा माओवादी केन्द्र निकट पार्टी निकट डाक्टरहरुको संगठनको अध्यक्ष छन् ।

पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्धारा आज जारी निर्देशनात्मक परिपत्रमा कार्यदलले प्रतिवेदन पेश गरेपछि ५ भदौ भित्र संगठनहरुको एकीकरण गर्ने, १५ भदौ भित्र जनवर्गीय संगठनहरुको केन्द्रीय कमिटिको बैठकहरु आयोजना गर्ने उल्लेख छ ।

एकीकरणबाट गठन हुने कमिटिमा संयोजक र आवश्यकता अनुसार सह सयोजकहरु समेत रहन सक्ने व्यवस्था गर्ने भनिएको छ ।
तत्कालिन एमाले र माओवादी केन्द्रमा गरी स्वास्थ्यका दर्जनबढी संगठन छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *