नयाँ दरबन्दी बनाउँदा खोप कार्यक्रमको मर्म नबुझेको आरोप

2.7k
Shares

काठमाडौँ, १७ साउन ।  स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ दरबन्दी व्यववस्थाले खोप कार्यक्रमलाई ठूलो असर पार्ने कर्मचारीहरुले बताएका छन् । उनीहरुले नयाँ दरबन्दी व्यवस्थालाई तत्काल संसोधन गर्न माग गरेका छन् ।

यसअघि बाल स्वास्थ्य महाशाखाको खोप शाखामा खोप सुपरभाइजर खोप अधिकृत थियो । यस्तै आपूर्ति व्यवस्थापन महाशाखाको कोल्ड चेन वितरण शाखामा खोप सुपरभाइजर, मेकानिकल इन्जिनियर २, औषधि व्यवस्थपक १ र कोल्ड चेन अधिकृत ४ जना भएको थियो । यी मध्ये आपूर्तिमा मेकानिकल इन्जिनियर, कोल्ड चेन अधिकृत खोप सुपरभाइजर तथा वाल स्वास्थ्य महाशाखामा पनि साविकको दरबन्दी काटिएको छ ।

बाल स्वास्थ्यका खोप अधिकृत भरत भण्डारीले नयाँ दरबन्दीले खोप व्यवस्थापन र वितरणमा असर पुग्ने बताए । उनले भने, ‘अहिले पनि बाल स्वास्थ्य तथा खोपशाखा भनेर त राखिएको छ । तर त्यहाँ आवश्वक दरबन्दी सबै काटिएको छ । खोप अधिकृत, खोप सुपरभाइजर छैन बरु नर्सिङ ल्याइएको छ । सिअहेव ल्याइएको छ । देशभर कुनै पनि दरबन्दी सुनिश्चित छैन । यसले निकै अप्टेरो पार्न सक्छ ।’

उता आपूर्ति व्यवस्था महाशाखाका अधिकृत ओम उपाध्यायले पनि नयाँ दरबन्दीले खोप कार्यक्रमलाई प्रभावित पार्ने संकेत गरे । ‘२०४८ सालको दरबन्दी हो । त्यतिवेला खोप कार्यक्रम अहिले जस्तो विस्तारित पनि थिएन । बरु अहिले यस्तो विस्तारित भएको छ । ११ खोप कार्यक्रम भित्र समावेश छ । बाँकी दुईवटा पनि थपिदै छ । यस्तो बेलामा खोप सुपरभाइजर र अधिकृत मात्रै होइन मेकानिकल युनिटलाई पनि प्राविधिक विहीन जस्तो बनाउन थालियो,’ उनले भने ।

नेपालमा बिस २०२४ मा बिफर उन्मूलन कार्यक्रम लागू भएको हो । विसं २०३४ सालमा नेपाल लगायत विश्वबाट बिफर उन्मूलन पश्चात बिस २०३५ साल देखि बिस्तारित खोप आयोजनाको नामबाट खोप कार्यक्रम शुरु भएको थियो । विस २०४८ सालमा नेपालभरी कार्यक्रम सञ्चालन भयो ।

प्रारम्भमा तीनवटा खोप एन्टिजेनबाट शुरु भएको कार्यक्रममा हाल एघार वटा खोप एन्टिजेन प्रदान गरिन्छ । आगामी दिनमा थप दुई खोप थपिने क्रममा छन ।

नेपालले यूनिसेफ र डब्लुएचओले बनाएको मापदन्ड प्रभावकारी खोप व्यवस्थापनको आधारमा खोप वितरण भण्डारण र ढुवानीको गुणस्तर राख्ने काम गरेको बताइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *