भेरी अञ्चल अस्पतालमा अबदेखि सिकलसेल एनिमियाको निःशुल्क जाँच

128
Shares

नेपालगन्ज, १२ साउन । स्थानीय भेरी अञ्चल अस्पतालले विशेषतः थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शुरु गरेको छ ।

अस्पतालले यसअघि सिकलसेल परीक्षणका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क लिँदै आएको थियो । सिकलसेल एनिमियाका कारण बिरामी र तिनका परिवारको आर्थिक अवस्थालाई ख्याल गरेर निःशुल्क जाँचको व्यवस्था मिलाइएको सो अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाले बताए ।

यसअघि सो अस्पतालले सिकलसेल एनिमिया भएका प्रत्येक एक जनाबाट रु एक लाख बराबरको निःशुल्क उपचार सेवा दिँदै आएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *