नेपाल चिकित्सक संघले माग्यो कानूनमन्त्री तामाङको राजिनामा

124
Shares

काठमाडौँ, ६ साउन ।  नेपाल चिकित्सक संघले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङको राजिनामा माग गरेको छ । बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न गएका नेपाली छात्राहरुको विषयमा मन्त्री तामाङले दिएको अभिव्यक्ति प्रति आपत्ति प्रकट गर्दै राजिनामा माग गरेको हो ।

संघका महासचिव डा लोचन कार्कीद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ, ‘चिकित्सा शिक्षाको अध्ययनका लागि गएका नेपाली महिलाहरुमाथि अश्वाभाविक र आपत्तिजनक अभिव्यक्ति मन्त्री जस्तो गरिमामय पदमा बसेका जिम्मेबार व्यक्तिले सार्वजनिक गरेका छन् जसको जति निन्दा गरेपनि कमै हुन्छ ।’

मन्त्रीको अभिव्यक्तिले विद्यार्थी र परिवारलाई समाजिक र मानसिक असर असर परेको भन्दै सार्वजनिक रुपमा माफि माग्न समेत माग गरेको छ ।

गत शुक्रबार प्राक्सिस इन्टरनेशनल एकेडेमीको कार्यक्रममा अतिथि बन्न पुगेका मन्त्री तामाङले बंगलादेशमा चिकित्सा पढ्न जाने छात्राले आफूलाई नसुम्पीकन प्रमाणपत्र नै नपाउने भन्दै निकृष्ट अभिव्यक्ति दिएका थिए ।

यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । चिकित्सकहरुका अन्य संघ संस्थाहरुले समेत यसको कडा आपत्ति जनाएका छन् ।

चारै तिरबाट आपत्ति प्रकट भएपछि मन्त्री तामाङ आज विज्ञप्ती जारी गर्दै क्षमा मागेका छन् ।

कानून मन्त्रीले आज जारी गरेको विज्ञप्ती यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *