आइतबार बसन्तपुरमा सामुहिक अनशन बस्ने डा. केसी समर्थकको घोषणा
काठमाडौँ, ५ साउन । डा गोविन्द केसीका समर्थकहरु आइतबार (भोलि) बसन्तपुरमा सामुहिक अनशन बस्ने भएका छन् । डा केसीको माग पुरा गर्न सरकारलाई दवाव दिन उनीहरु सामुहिक अनशन बस्न लागेका हुन् ।
सोलिडारिटि फर डा जीकेसी अलायन्सको आयोजनामा आज बानेश्वरमा भएको कोणसभामा डा केसीका सहयोगी ओम प्रकाश अर्यालले भोलि विहान १० देखि ५ बजेसम्म सामुहिक अनशन बस्ने जानकारी दिए ।
अलायन्सले अनशन बस्नेहरुको नाम संकलन गरेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]