डा. केसी पक्षको बार्ता टोली सदस्य थपिए, संयोजकको जिम्मा डा. अभिषेकलाई

काठमाडौँ, २ साउन । डा. गोविन्द केसीका पक्षबाट सरकारसंग बार्ता गर्न खटिएको टोलीमा सदस्यहरु थपिएका छन् । टोलीमा त्रिवि शिक्षण अस्पतालका प्राडा वाइपी सिंह र डा जीवन क्षेत्री थपिएका हुन् ।

यसअघि बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, डा अभिषेकराज सिंह र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य थिए ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार अहिले बार्ता टोली संयोजक डा सिंहले पाएका छन् । यसअघि डा भण्डारीलाई संयोजक तोकिएको थियो ।

त्यसो त डा केसी पक्षले आफ्नो सदस्यमा यसअघि नै नेपाल चिकित्सक संघका प्रतिनिधि समेत भनेको छ । बार्तामा अर्का सदस्यको रुपमा प्रितम सुवेदी समेत जाने गरेका छन् ।

सरकारको तर्फबाट भने शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्य टोली छ । टोलीका अन्य सदस्यहरुमा गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *