टिचिङ अस्पतालका आवासीय चिकित्सकद्धारा माइतीघरमा प्रदर्शन

काठमाडौँ, २९ असार । त्रिवि शिक्षण अस्पताल (टिचिङ)का आवासीय चिकित्सकहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । डा. गोविन्द केसीको माग पुरा गर्न दवाव दिन उनीहरुले माइतीघरमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्टस डक्टर्स एशोसिएशन (एनआरडीए)को अगुवाईमा भएको प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्का नारा लगाएका छन् ।

यसअघि आवासीय चिकित्सकहरुले माइतीघरमै ओपिडी सञ्चालन गर्ने बताएका थिए । तर अहिले प्रदर्शन मात्रै गरेका छन् ।

दुई साता अघि देखि जुम्लामा अनशनरत डा केसीको स्वास्थ्य अवस्था विग्रदै जाँदा सरकारमाथि दवाव बढ्दै गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *