चिकित्सा शिक्षा विधेयक संसदमा पुन: पेश गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ, २१ असार । सरकारले संसदमा विचाराधिन राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिई पुन: पेश गर्ने निर्णय गरेको छ । बुधबार राती बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुरानो विधेयकलाई फिर्ता लिइ संसोधन सहित पुन: पेश गर्ने निर्णय गरको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले संसदमा विचाराधिन अवस्थामा रहेको विधेयक फिर्ता लिइ संसोधन सहित पुन पेश गर्ने निर्ण भएको बताए ।

यथास्थितिमा विधेयक अघि बढाउन नहुने भन्दै प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले विरोध गरेपछि अघि बढ्न सकेको थिएन । यता विधेयकमा महत्वपूर्ण बुँदाहरु हटाइएको भन्दै डा. गोविन्द केसीले आमरण अनशन सुरु गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *