डा. केसीको स्वास्थ्यको जिम्मा प्रशासनले लिनुपर्ने भन्दै कवर्ड हलबाट डाक्टरहरु बाहिरिए


जुम्ला, १८ असार । स्वास्थ्य अवस्था विग्रँदै गएका डा गोविन्द केसीलाई कवर्ड हल हेरचाह गर्नुको अर्थ नहुँने भन्दै चिकित्सकहरु बाहिरिएका छन् । उनीहरुले कवर्ड हलमा रहँदासम्म डा केसीको स्वास्थ्यको जिम्मा स्थानीय प्रशासनले लिनु पर्ने बताएका छन् ।

स्वास्थ्य अवस्था विग्रँदै गएका डा केसीलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थानान्तरण गर्नुपर्ने भन्दै आज दिउसो चिकित्सकहरु प्रमुख जिल्ला अधिकारीलाई भेटन पुगेका थिए । प्रमुख जिल्ला अधिकारीले स्थानान्तरण गर्न कुनै हालतमा नसकिने भनेपछि चिकित्सकहरु कवर्ड हलबाट बाहिरिएका हुन् ।

हेरचाहमा खटिएका डा भुमेश काफ्लेले डा. केसीको विग्रँदो स्वास्थ्य अवस्था हेरचाह कवर्ड हलमा गएर हुन नसक्ने भन्दै आफूहरुले हलबाट बाहिरिएको बताए ।उनले हलमा डा केसीको स्वास्थ्यको जिम्मा प्रशासनले नै लिनुपर्ने निर्णय समेत आफूहरुले गरेको जानकारी दिए । 

चिकित्सा शिक्षा सुधारका लागि भन्दै पन्ध्रौँ अनसन बस्न कर्णाली पुगेका त्रिवि शिक्षण अस्पतालका डा केसीलाई स्थानीय प्रशासनले प्रतिष्ठान परिषरमा अनसन बस्नबाट रोक लगाएको थियो ।

डा केसीले सो विरुद्ध स्थानीय प्रशासनको गेटमै धर्ना दिएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । डा केसीले हिरासतमै अनसन शुरु गरेपछि प्रशासनले शनिबार अपरान्ह ५ बजे कवर्डहलमा ल्याएर छोडेको थियो । डा केसीले त्यही नै आफ्नो अनसन जारी राखेका छन् ।

यता नेपाल चिकित्सक संघ कर्णाली शाखाले भोलिबाट ६ नम्बर प्रदेशभरका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बहिस्कारको घोषणा गरिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *