चार महिना देखि तलव नपाएपछि बाँकेका स्वास्थ्यकर्मीले प्रधानमन्त्रीलाई चिठी लेखे

बाँके, २१ जेठ । स्थानीय निकायमा कार्यरत बाँकेका स्वास्थ्यकर्मीहरुले विगत चार महिना देखि तलव नपाएको भन्दै प्रधानमन्त्रीलाई चिठी लेखेका छन् । उनीहरुले तलव नपाएको विषयमा सम्वन्धीत निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएपछि प्रधानमन्त्री समक्ष जानकारी गराएको स्पष्ट पारेका छन् ।

बाँकेमा कार्यरत स्वास्थ्यकर्मीहरुको पाँचवटा पेशागत संस्थाहरु नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ र नेपाल नर्सिङ संघले संयुक्त रुपमा लेखेको पत्रमा तत्काल तलव भत्ता उपलव्ध नगराए चरणवद्ध रुपमा विरोधमा उत्रिने समेत चेतावनी दिएका छन् ।

पत्रमा उनीहरुले विभिन्न गाँउ पालिका, नगरपालिका तथा उपमहानगरपालिकाबाट दिइनुपर्ने मासिक तलव भत्ता, पोशाक भत्ता, फिल्ड भत्ता, स्थानीय भत्ता, साथै महिला स्वास्थ्य स्वयं सेविकाहरुको भिटामिन ए मा काम काज गरेको यातायात खर्च समेत नपाएको उल्लेख गरेका छन् । उनीहरुलेलामो समयदेखि मासिक भत्ता रोकिदा घर खर्च, पारिवारिक खर्च, छोराछोरीको पठन पाठन शुल्क तिर्न समेत समस्या परको जानकारी गराएका छन् ।

स्वास्थ्य मन्त्रालयले भने पछिल्लो समयमा स्थानीय निकायमा समायोजन भएका स्वास्थ्यकर्मीहरुको तलव रोकिने समस्या आएको बताएको छ । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले यस्तो समस्या समाधान गर्न अन्तरमन्त्रालय छलफल गर्ने बताएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *