सूर्तिजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्नु जरुरी छ : स्वास्थ्य राज्यमन्त्री अर्याल

काठमाडौँ, १८ जेठ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि सरकार कठोर ढंगले अघि बढेको बताएकी छन् । उनले सूर्तिजन्य पदार्थको प्रयोगलाई जोड दिन सूर्तिमा लगाइदै आएको करको दरमा बृद्धि गर्ने तथा कानून कार्यान्वयमा जोड दिने कार्यको थालनी गरेको दावी गरिन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पल्मोनरी एण्ड क्रिटिकल कियर मेडिसिन विभाग, सोलिड नेपाल र जापानी सहयोग नियोग जाइकाको आयोजनामा शुक्रबार ललितपुरमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले दम खोकी मात्रै नभई सूर्तिजन्य पदार्थले मुटु क्यान्सर लगायतका जटिलखालका नसर्ने रोग लगाउन मद्धत गर्ने भन्दै यसको नियन्त्रणको विकल्प नभएको बताइन ।

‘हामीले स्वास्थ्य मन्त्रालयबाट यसको सुरुवात गरेका थियौँ । अहिले सिंहदरबार परिषरमा पनि त्यो नियम लागू भको छ । यो खुशीको कुरा हो । अब बाँकी रहेका कानून कार्यान्वनयमा कामहरु पनि छिटै कार्यान्वयनमा आउनेछन्,’ उनले भनिन् ।

दम खोकीका विरामीहरुलाई औषधिका अलावा श्वासप्रश्वास सम्वन्धी व्यायम पनि सिकाऔँ


दम खोकीका बिरामीहरुले औषधिका अलावा श्वासप्रश्वास सम्वन्धी व्यायम समेत गर्नु फाइदा जनक देखिएको छ । भक्तपुरमा गरिएको पछिल्लो तीन बर्ष देखिको अध्ययनले दम खोकीका बिरामीहरुले व्यायम गर्न फाइदा जनक हुने प्रमाणित भएको हो ।

जापानी सहयोग नियोग जाइकाको सहयोगमा सोलिड नेपाल नामक संस्थाले गरेको अध्ययनमा विरामीहरुले व्यायम गर्दा स्वाथ्यमा सुधार भएको बताएका थिए । ‘खासमा व्यायम गर्दा मांसपेशीहरु सुगठित हुने, श्वासफेर्न सजिलो हुने, छातीको मांसपेशी पनि तन्दुरुस्त हुनुको साथै सामाजिक सांस्कृतिक रुपमा सहजता प्रभाव हुन्छ,’ सोलिड नेपालका डा खेम कार्कीले भने ।

विश्वमा करीब २५ करोड मानिसलाई दम खोकी छ । ती मध्ये ३० लाख मासिनहरुको दमखोकीकै कारणले ज्यान जाने गरेको छ । यस्ता विरामीमध्ये करीब ९० प्रतिशत नेपालजस्तो विकासशील मुलुकका नागरिक रहेको सो कार्यक्रममा बताइयो ।

नेपालमा करीब ९ लाख ६० हजार मासिनहरुमा दमखोकीको समस्या भएको विश्व रोगभार सर्भेक्षण २०१६ले जनाएको छ । उक्त सर्भेक्षणले विश्वमा प्रतिलाख जनसंख्यामा ३ हजार ६ सय दमखोकीका विरामी छन् भने नेपालमा ४ हजार ८ सयको संख्यामा भएको उल्लेख छ । त्यसो त नेपालमा हरेक बर्ष करीब १६ हजार व्यक्तिको मृत्यु दम खोकीकै कारणले हुने गरेको बताइएको छ ।

बरिष्ठ छातिरोग विशेषज्ञ डा निरज बम भन्छन्, दमखोकीको प्रमुख कारण धूमपान र बायुप्रदुषण नै हो । उनी भन्छन्, ‘नेपालमा अहिले पनि २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिलाले धुमपान गर्छन । ३१ प्रतिशत मासिनहरु अरुले धमपान गर्दा निस्केको धुवाबाट प्रभावित छन् ।’

उनले घर भित्रको धुवा, कलकारखाको धुवा लगायतले पनि दम खोकी बढाउन मद्धत गरेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *