सरकारी डाक्टरले पाउनुपर्ने पीजी कोटा आइओएमले हराइदियो ?

काठमाडौँ, १० बैशाख । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम ले सरकारी चिकित्सकका लागि स्वास्थ्य मन्त्रालयले उपलव्ध गराएको चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह (पीजी)कोटा उपलव्ध नगराएको भन्दै सरकारी चिकित्सकले आपत्ती जनाएका छन् ।

उनीहरुले निर्णय तत्काल नसच्याए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । तर आइओएमले भने आफ्नो निर्णय कानून सम्वत रहेको भन्दै सच्याउने कुरा सम्भव नभएको स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयले दुर्गममा कार्यरत सरकारी चिकित्सकका लागि छात्रबृत्तिमा पीजी अध्ययनको अवसर दिलाउन हरेक बर्ष विभिन्न विषयका करीब ३० वटा कोटा उपलव्ध गराउँछ । यस अघि त्यसरी उपलव्ध गराउने कोटामा सरकारी डाक्टरहरुबीच मात्रै प्रतिस्पर्धा हुने गर्दथ्यो । त्यसैको आधारमा दुर्गममा गएर सेवा दिएका डाक्टरले पीजी अध्ययनको अवसर पाउने गरेका थिए ।

तर यसपटक आइओएमले सरकारी डाक्टर, प्रतिष्ठान अन्तरर्गत कार्यरत डाक्टर र नेपाली सेना तथा प्रहरीका संगठनमा कार्यरत डाक्टरबीच नै प्रतिस्पर्धा गराउँदै एउटा मात्रै मेरिट लिष्ट प्रकाशित गरयो । यो निर्णयले दुर्गममा गएर सेवा दिइरहेका आफूहरुको पढ्न पाउने अवसर खोसिएको सरकारी डाक्टरको आरोप छ ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान)का अध्यक्ष डा. दिपेन्द्र पाण्डे भन्छन्, ‘सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रबृत्ति छनौट तथा छात्रबृत्ति प्राप्त विशेषज्ञ चिकित्सा परिचालन कार्यविधि २०७२ले स्पष्ट रुपमा प्राथमिकता तोकेको र त्यसमा सरकारी डाक्टरहरुले सो सुविधा पाउने उल्लेख थियो । त्यही आसमा सरकारी चिकित्सकहरुले दुर्गममा गएर सेवा दिएका थिए । तर अहिलेको प्रावधानले सुगममा बस्नेहरुलाई प्राथमिकता दिएको जस्तो देखियो । यो व्यवस्थाले त भोलिको स्वास्थ्य सेवालाई नै प्रभावित पार्ने देखिन्छ । किनभने अब सरकारी चिकित्सकहरु किन दुर्गम जान मरिहत्ते गरुन ?’

यता आइओएमका सहायक डीन प्राडा राजेन्द्र गुरागाईँ भने आफूहरुले नियम अनुसार नै मेरिट लिष्ट निकालेको दावी गरेका छन् । ‘कसले के भन्छ भन्दा पनि यसपटक हामीलाई लिष्ट बर्गिकरण पनि गरिदिइएन र समयमै निर्देशन नभएको हुनाले पनि फरक जस्तो देखिएको हो । तर हामीले जे गरेका छौँ ठिक गरेका छौँ ।’

उनले स्वास्थ्य मन्त्रालयले हाम्रा डाक्टर यी हुन् भनेर एउटा लिष्ट मात्रै पठाएको भन्दै त्यसमा बर्गिकरणको कुरा कहि कतै उल्लेख नभएको बताए ।

स्वास्थ्य राज्यमन्त्रीको निर्देशन मानेन आइओएमले

आइओएमले एउटै मेरिट लिष्ट अनुसार नतिजा प्रकाशित गर्ने योजना अघि सारेको थाह पाएपछि आइतबार सरकारी चिकित्सक संघका प्रतिनिधीहरु स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका थिए ।

उनीहरुले मन्त्रीलाई भेटेर अवस्थाबारे जानकारी पनि गराए । सरकारी चिकित्सकको कुरा सुनेपछि स्वास्थ्य राज्यमन्त्री अर्यालले आइओएमका पदाधिकारीसंग तत्कालका लागि नतिजा रोक्न आग्रह गरिन ।

तर स्वास्थ्य राज्यमन्त्रीको सो आग्रहलाई आइओएमका पदाधिकारीले ठाडै अस्विकार गरे । राज्यमन्त्रीसंग नतिजा रोक्न नमिल्ने बताएका उनीहरुले आजै नतिजा सार्वजनिक गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सरकारी डाक्टरले पाउनुपर्ने पीजी कोटा आइओएमले हराइदियो ?

  1. Sarkari doctor lai quota paune tara janajati madhesi le magda, laj lagdaina pg ma quota magna bhancha.
    Afu thik aru sab bethik.
    Say no to reservation.
    Best students lai mauko dim.

Leave a Reply to Ranjit Cancel reply

Your email address will not be published. Required fields are marked *