कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक पक्राउ
जुम्ला, ८ वैशाख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक प्रकाउ परेका छन् । उनीहरुलाइ शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महत रहेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए ।
उनीहरुले बैशाख ६ गते साँझ ७ः३० बजे मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेर आकस्मिक कक्षमा रहेको ढोकाको सिसा र बत्ती तोडफोड गरेका थिए ।
तोडफोड गरी फरार रहेका उनीहरुलाई एक दिन पछि नै पक्राउ गरी नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक डा दाहालले बताए । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]