म्याग्दी : विपन्नको उपचारमा सघाउन कोषको स्थापना

44
Shares

म्याग्दी, ७ वैशाख । ओमकुमारी शान्ति कोष म्याग्दीले स्थापना गर्न लागेको अक्षयकोषका लागि जापानबाट रु पाँच लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

गरिब तथा विपन्नको उपचारका लागि सघाउन सो संस्थाले रु डेढ करोडको अक्षयकोष स्थापना गर्न लागेको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको पहलमा संकलित रु पाँच लाख १३ हजार ४०० मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष रामबहादुर खड्का, मोना जापानका उपाध्यक्ष इन्दिरा गर्वुजा, सल्लाहकार यामबहादुर खड्काले बिहीबार कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरे ।

कोषमा रु ५० लाख रहेको र रु ५० लाख सहयोग घोषणा भएको कोषका सचिव लोकेश पुनले जानकारी दिए ।

विसं २०७१ मा स्थापना भएको सो कोषले अहिलेसम्म ५६ जनालाई रु ८० लाख भन्दा बढी उपचारका लागि सहयोग गरेको छ । मिर्गौला, मुटु, क्यान्सर, रक्तक्यान्सरलगायत जटिल रोगबाट प्रभावित भएका बिरामीलाई कोषले उपचारका लागि सहयोग गर्दै आएको हो ।

यसैगरी पत्रकार सन्तोष गौतम र दुर्गा आचार्य गौतमका छोरा प्रणवले जन्मदिनको अवसरमा कोषलाई पाँच हजार ५०० नगद सहयोग गरी आजिवन सदस्यता लिएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *