चार बुँदे माग पुरा गर्न डा. केसीले दिए दुई साताको अल्टिमेटम

काठमाडौँ, १६ चैत ।  आफ्ना माग पुरा गर्न दुई साताको समय सिमादिदै डा गोविन्द केसीले चार बुँदे माग अघि सारेका छन् । उनले समयसिमा भित्र माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका छन् । आज विज्ञप्ती जारी गर्दै डा केसीले आफ्ना सबै माग चैत भित्र पुरा गर्न सरकारलाई समयसिमा दिएका हुन् ।

यसअघि केसीले पूर्वघोषित अनसन गत ४ चैतमा स्थगित गरेका थिए । त्यतिवेला प्रधानन्यायधीशका रुपमा रहेका गोपाल पराजुली पदमुक्त भएको र त्यतिनै बेला युएस बंगला विमान दुर्घटनामा परेको कारण स्थगित भएको जनाएका थिए । यसपटक उनले आफ्ना पूर्वघोषित मागलाई पुरा गर्न भनेका छन् ।

उनका चार बुँदे मागहरु यस्ता छन्
१. चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गरियोस् ।

२.  चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।

३. त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको शुल्क २२,५०,००० कायम गरियोस् ।

४. गोपाल पराजुलीमाथि छानविन गरेर उचित कारवाही गरियोस् । उनले अहिलेसम्म सरकारी कर्मचारीहरुलाई धम्क्याएर आफ्नो किर्ते उमेर कायम गर्न र अवैध राजीनामालाई वैध बनाउन गरेको प्रयासबारे समेत छानविन गरियोस् । पराजुलीको अवकाश सम्बन्धी न्याय परिषद्को निर्णयविरुद्ध राज्यका अन्य अंगले चालिरहेका नाजायज कदमहरु तत्काल बन्द गरियोस् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “चार बुँदे माग पुरा गर्न डा. केसीले दिए दुई साताको अल्टिमेटम

Leave a Reply to Usha Kiran Cancel reply

Your email address will not be published. Required fields are marked *