मेडिकल कलेजको सिट निर्धारणको जिम्मा मेडिकल काउन्सिललाई नै

काठमाडौँ, २५ माघ । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको सिट निर्धारण गर्ने जिम्मा नेपाल मेडिकल काउन्सिललाई नै छोडिदिएको छ । आयोगको गत सोमबार बसेको पहिलो बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि मेडिकल कलेजको सिट निर्धारण गर्ने जिम्मा काउन्सिललाई नै दिने निर्णय गरेको हो ।

यसअघि ६ कात्तिकमा मन्त्रिपरिषदले स्वीकृत गरी पठाएको चिकित्सा शिक्ष्ाँ अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २४ कात्तिकमा जारी गरेकी थिइन । त्यस लगत्तै सिट निर्धारण गर्ने काउन्सिलको अधिकार स्वत: आयोगमा गएको थियो ।

अध्यादेश जारी भएकै कारण काउन्सिलका पदाधिकारीहरुले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तिम अवस्थामा आएर सिट निर्धारण गर्न सकेका थिएनन् । निरीक्षणमा गएपनि सिटको सिटको बारेमा आवश्यक छलफल हुन नपाउँदै अध्यादेश जारी भएकोले सिट दिन सकेको थिएन । सिट निर्धारण नभएपछि पाटनले गतवर्षकै सिट संख्यामा यसवर्ष पनि भर्ना लिएको थियो ।

अस्तिको बैठकले मेडिकल सिट निर्धारण गर्ने जिम्मा काउन्सिललाई नै दिने निर्णय गरेको छ । बैठकमा सहभागी एक सदस्यले भने, काउन्सिलले पूर्ववत रुपमै काम गर्नेछ ।

आयोगका सदस्य सचिव लालजंग चौहानले भने केही प्रस्ताव आएपनि औपचारिक निर्णय नभएको बताए । उनले आचारसंहिताका कारण औपचारिक निर्णय हुन नसकेको जानकारी दिए । उनले आयोगले पूर्णता पाएपछि उल्लेखित दायित्व आफैले सम्हाल्ने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *