तीन वटा रोग लागेका यस्ता बिरामीले पाँउछन मासिक रुपमा ५ हजार भत्ता

काठमाडौँ, २३ माघ ।  सरकारले मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका गरी तीनवटा रोगका बिरामीलाई मासिक रुपमा ५ हजार रुपैयाँ जिविकोपार्जन भत्ता दिन शुरु गरिसकेको छ । तर कस्ता कस्ता समस्या भएका व्यक्तिले भत्ता पाउने हुन भन्ने एकीन भईसकेको थिएन । अहिले भने सो सम्वन्धी कार्यविधि तयार गरी भत्ता वितरणलाई व्यवस्थित गर्न थालेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा रहेको विपन्न नागरिक कोष सचिवालयका फोकल पर्सन प्रकाश घिमिरेका अनुसार कार्यविधिमा दुबै मिर्गौला फेल भएपनि प्रत्यारोपण नगरी औषधि सेवन गरी वा डायलासिस गरी रहेका बिरामी र मिर्गौला प्रत्यारोपण गरी बेरोजगार भई नियमित कार्य गर्न असमर्थ रही आराम गरी बस्न सिफारिस भएका बिरामीले मासिक ५ हजार जिविकोपार्जन भत्ता पाउछन् । यसका लागि मिर्गौला रोग सम्वन्धी विशेषज्ञ चिकित्सकले सिफारिस गर्नुपर्छ ।

यस्तै क्यान्सर रोगको उपचार गराईरहेका विरामी र नियमित आय आर्जन गर्न असमर्थ भई चिकित्सकले आराम गर्नु पर्ने भनि सिफारिस भएका विरामीलाई पनि मासिक रुपमा ५ हजार भत्ता दिइने छ । यसका लागि क्यान्सर रोग सम्वन्धी विशेषज्ञ चिकित्सकले प्रमाणित गर्नुपर्ने हुन्छ ।

यसैगरी स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस रोग भई विरामी बेरोजगार भई आय आर्जन गर्न नसक्ने भई आराम गर्न भनि सो सम्वन्धी विशेषज्ञ चिकित्सकले सिफारिस गरे उनीहरुलाई पनि मासिक रुपमा ५ हजार भत्ता आजिवन प्रदान गरिने छ ।

सूर्तिजन्य पदार्थको करबाट उठेको रकम यी विरामीका लागि दिइने भत्ताको स्रोत बनाएको छ । कार्यविधिमा हरेक महिनाको ७ गते भित्र भत्ताको रकम वितरण गर्ने उल्लेख छ । भत्ता (चेक) लिन विरामी स्वयं उपस्थित हुनुपर्ने र विरामी उपस्थित हुन नसकेको अवस्थामा उसको हक लाग्नेहरुले चेक लिन सक्ने व्यवस्था मिलाइएको छ ।

यस्तो छ कार्यविधि

मृर्गौला रोग, क्यान्सर रोग, स्पाइनल इन्जुरी भर्इ पारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४

मृर्गौला रोगका बिरामी, क्यान्सरोगका बिरामी र स्पाइनल इन्जुरी भर्इ पारालाइसिस भएका बिरामीको स्वास्थ्य उपचारका लागी उपचार खर्च दिर्इ आए पनि बिरामीले आफ्नो नियमित काम लामो समयसम्म गर्न नसक्ने महशुस गरी बिरामीको उपचारका क्रममा पोषणयुक्त खाना र उपचारका लागि अस्पताल आउन जान यातायातका लागि समेत सहज व्यवस्थापनहोस् र गरिबीको कारण मिर्गौला, क्यान्सर, स्पाइनल इन्जुरी भर्इ पारालाइसिस भएका बिरामीले उपचारको क्रममा राहत एवम् सामाजिक सुरक्षा प्राप्त गरी राज्य प्रती अपनत्व वृद्घि गर्न जीवन निर्वाह वापतʼजिविकोपार्जन भत्ता’ उपलब्ध गराउन नेपाल सरकार, मन्त्रिपरिषद्ले  यो कार्यविधि  जारी  गरेको छ ।

१.   कार्यविधिको नाम र प्रारम्भः

(१)       यस कार्यविधि को नाम “मृर्गौलारोग,क्यान्सररोग,स्पाइनल इन्जुरी भइ पारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि,२०७४” रहेको छ ।

(२)       यो निर्देशिका तुरून्त प्रारम्भ हुनेछ ।

२.  परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमायस कार्यविधिमाM

(क)  “जिविकोपार्जन भत्ता” भन्नाले मृर्गौलारोग, क्यान्सर रोग, स्पाइनल इन्जुरी भई पारालाइसिस भएका बिरामीलाई जिविकोपार्जनमा सहज बनाउनका लागि र थप औषधी खरिदको लागि उपलब्ध गराउने भत्तालाई सम्झनु पर्छ ।

(ख) “समिति” भन्नाले “विपन्न नागरिक औषधी उपचार कोष सम्बन्धी निर्देशिका, २०७३ उपदफा ३.३ मा गठित सिफारिश सिमित वा दफा ५ बमोजिमको समिति सम्झनुपर्छ ।

(ग) “अस्पताल” भन्नाले मृर्गौलारोग,क्यान्सररोग,स्पाइनल इन्जुरी भइ पारालाइसिस भएका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालयमा सुचिकृत भएका अस्पताललाई सम्झनुपर्छ र सो शब्दले मन्त्रालयले समयसमयमा तोकेका अन्य अस्पतालहरु समेतलाई जनाउँछ ।

(घ) “मन्त्रालय” भन्नाले स्वास्थ्य मन्त्रालयलाई सम्झनुपर्छ ।

३.जिविकोपार्जन भत्ताको व्यवस्थापन

(१)जिविकोपार्जन भत्ता रकम सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) एन, २०६८ को दफा २२ र सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने)  नियमावली, २०६८ को नियम १८ बमोजिम स्थापना भएको स्वास्थ्य कर कोषमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको अन्तशुल्क करबाट प्राप्तहुने कोषवाट आर्थीक श्रोतको व्यवस्था गरिने छ ।

(२) उपदफा १ बमोजिमको भत्ता उपलब्ध गराउन नेपाल सरकार अर्थ मन्त्रालयको अन्तशुल्कबाट उठेको रकम समय समयमा स्वास्थ्य कर कोषमा उपलब्ध गराउनुपर्ने अनिवार्य दायित्व श्रृजना हुनेछ ।

(३) जिविकोपार्जन भत्ता वापतको रकमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नु पर्नेछ ।

४.   बिरामी छनौट विधिः (१) यस कार्यविधि बमोजिमको जिविकोपार्जन भत्ता पाउनका लागि बिरामीहरुको छनौट देहायका आधारमा गरिनेछ ,

(क)       मृगौला रोगसम्बन्धी विशेषज्ञ चिकित्सकले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनी प्रदान गरेको  आधारमा मृगौला प्रत्यारोपण नगरी औषधी सेवन गरी वा डायलायसिस गरी रहेका बिरामी र मृगौला प्रत्यारोपण गरी बेरोजगार भइ नियमित कार्य गर्न असमर्थ रहीआराम गरी बस्न सिफारिस भएका बिरामी

(ख)       क्यान्सर रोग सम्बन्धी विशेषज्ञ चिकित्सकको सिफारिसको आधारमा उपचार गराई रहेका बिरामी र नियमित आय आर्जन गर्न असमर्थ भर्इ चिकित्सकले आरामगर्नु पर्ने भनी सिफारिस भएका बिरामी ।

(ग)       विशेषज्ञ चिकित्सकबाट स्पाइनल इन्जुरी भई पारालाइसिस रोग भएको भनी सिफारीस भएका बिरामी वेरोजगार भर्इ आय आर्जन गर्न नसक्ने भर्इ आराम गर्न सिफारिस भएका बिरामी ।

(२)       उपदफा १ को अतिरिक्त देहायका अन्य कागजातहरु समावेश गरेको हुनुपर्नेछ ।

(क)       “विपन्न नागरिक औषधी उपचार कोष सम्बन्धी निर्देशिका, २०७३ तोके बमोजिमको कागजात पेश गर्नु पर्नेछ।

(३)      यो निर्देशिका जारि हुनु पुर्व जिल्ला स्तरिय विपन्नताको सिफारिश लिएका विरामिहरूका हकमा सोही सिफारिशका अधारमा जिविकोपार्जन भत्ता उपलब्ध गराउनु पर्नेछ ।

(४)       गरिब वा असहाय भनी झुठा विवरण पेश गरी यस कार्यविधि बमोजिम जिविकोपार्जन भत्ता प्राप्त गर्न खोजेको जानकारी प्राप्त भएमा वा प्रमाणित भएमा जिविकोपार्जन भत्ता उपलब्ध गर्ने निर्णयलाई तत्काल रद्द गराइनेछ ।

(५) गरिवीको परिचय पत्र वितरण गरेको जिल्लाको हकमा सोही परिचय पत्र वालालाइ मात्र भत्ता उपलब्ध गराइनेछ ।

५. समिति गठनः (१) मृर्गौला रोग ,क्यान्सर रोग ,स्पाइनल इन्जुरी भई पारालाइसिस रोगका बिरामीहरुको जिविकोपार्जन भत्ता सेवा सञ्चालन र व्यवस्थापनका लागि जिल्ला जन/स्वास्थ्य कार्यालयमा सचिवालय रहने गरी देहाय बमोजिमको समिति गठन हुनेछ ।

(क) प्रमुख जिल्ला अधिकारी                                                                                                      अध्यक्ष

(ख) जिल्ला स्थित सरकारी अस्पताल (जिल्ला/अंचल/क्षेत्रीय/केन्द्रीय/प्रतिष्ठान) का प्रमुख  सदस्य

(ग) जिल्ला जन/स्वास्थ्य कार्यालय प्रमुख                                                           सदस्य सचिव

(२) समितिको कार्यविवरण देहाय बमोजिम हुनेछ ।

(क)       समितिले दरखास्त अनुरुप मिर्गौला रोग ,क्यान्सर रोग ,स्पाइनल इन्जुरी भई पारालाइसिस रोगका बिरामीहरुलाइजिविकोपार्जन भत्ता उपलब्ध गराउन अनुसूची ४ को ढाँचामा निर्णय गरी विरामीले माग गरे बमोजिमको अस्पतालमा सिफारिश गरी पठाउनु पर्नेछ ।

(ख)       समितिले विपन्न नागरिक औषधी उपचार कोष सम्बन्धी निर्देशिका(दोश्रो संशोधन), २०७३ मा उल्लेख बमोजिम  विरामिले उपचारका लागि माग गरेको अस्पतालमा सिफारिश गरी पठाउनु पर्नेछ र सो को बोधार्थ  स्वास्थ्य सेवा विभाग, व्यवस्थापनमा महाशाखामा पनि दिनुपर्नेछ  ।

(ग)        जिविकोपार्जन भत्ता प्रयोजनका लागि सिफारिश गर्दा तोकिएको एक भन्दा बढी कडारोग लागेमा पनि सिफारिश गर्नुपर्नेछ  ।

(घ)       बिरामीहरूबाट जिविकोपार्जन भत्ताका लागि आवेदन अनुसूची १ बमोजिम पालिकाहरूको  सिफारिशका साथ  अनुसुची २ बमोजिमको निवेदन माग गर्ने ।

(ड.)       विरामिले निवेदन दिएको ३ दिन भित्र समिति बैठक बसि निर्णय गर्नु पर्नेछ ।

(च)       जिल्ला स्तरीय विपन्न नागरिक औषधी उपचार सिफारिश समितिको सचिवालयले मिर्गौला,क्यान्सर,स्पाइनल इन्जुरी भई पारालाइसिस रोगका बिरामीहरूबाट दरखास्त संकलन गरी प्रारम्भिक प्रशासनिक कार्य र अभिलेख राखी  समिति समक्ष पेश गर्नेछ ।

     ६. अस्पतालको काम, कर्तव्य र अधिकार

      (१)  यस कार्यविधि बमोजिमको जिविकोपार्जन भत्ता सम्बन्धि बिरामीको फोटो सहितको अभिलेख

अनुसूची ६ बमोजिमको ढाँचामा  सम्बन्धित अस्पतालको सामाजिक सेवा एकाइ प्रमुखले  गर्नुपर्नेछ । साथै अनुसूची ७ बमोजिमको ढांचामा विरामिबाट निवेदन ग्रहण गर्नुपर्नेछ ।

(२) प्रत्यक महिनाको ७ गते भित्र भत्ता उपलब्ध गराउनु पर्ने विरामीहरूको विवरण  tयार पारी अनुसूची   ५ बमोजिमको ढाँचामा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा पठाउनुका साथै सम्वन्धित सबैको जानकारीको लागि सार्वजनिक गर्नुपर्नेछ ।

(३) स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट प्राप्त भएको भत्ता रकम सम्बन्धित विरामीको खातामा मासिक रूपमा दाखिला गर्ने र सो को विवरण मासिक रूपमा स्वास्थ्य सेवा विभागमा पठाउनु पर्नेछ ।

(४) सामाजिक सेवा एकाइ नभएका अस्पतालमा अस्पताल प्रमुखले सो कार्यको जिम्बेवारि बहन गर्नका लागि सम्पर्क  विभाग,शाखा, एकाइ तोक्नु पर्नेछ ।

७. व्यवस्थापन महाशाखाको काम, कर्तव्य र अधिकार

(१) अस्पतालबाट प्राप्त जिविकोपार्जन सम्बन्धी भत्ता माग रकमको प्रतिवेदनका अधारमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट निर्णय गराइ भत्ता रकम सम्बन्धित विरामिको खातामा  जम्मा हुने गरि मासिक रूपमा अस्पताललाइ एकमुष्ठ उपलब्ध   गराउने ।

(२)  जिल्ला तथा सूचिकृत अस्पतालहरूको मासिक रूपमा अनुगमन गर्नुपर्ने  ।

८.   अनुगमन तथा मूल्यांकन प्रक्रियाः स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखा, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा तथा आर्थिक प्रशासन शाखाको संयुक्त संयत्रबाट त्रैमासिक रुपमा अनुगमन तथा मूल्याँकन गरी स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ । अस्पताल, जिल्ला  तथा स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा यस सम्बन्धी प्रशासनिक तथा अनुगमन कार्यका लागी कुल बजेटको कम्तिमा ५ प्रतिशतको परिधिभित्र रहि विभागको बार्षिक बजेट तथा कार्यक्रममा बिनियोजन गरि कार्य सम्पादन गर्नु  पर्नेछ ।

९. जिविकोपार्जन भत्ता सम्बन्धि व्यवस्थाः

(१)  मृगौला प्रत्यारोपण नगरी नियमित औषधी सेवन गरी वा डायलायसि गरी रहेका बिरामी र मृगौला प्रत्यारोपणगरी आरामगर्नुपर्नेर रोजगारी गर्न नसक्ने भनि चिकित्सकबाट सिफारिस भएको अवस्थामा, क्यान्सर रोगको उपचार गराई रहेका बिरामी र स्पाइनल इन्जुरी भई पारालाइसिस रोग भएका बिरामीहरुको स्वास्थ्य उपचारका साथै त्यस्ता बिरामीको जिविकोपार्जनमा सहज बनाउनका लागि मासिक रुपमा रु ५,०००।- (अक्षेरुपी पाँच हजार) जिविकोपार्जन भत्ता उपलब्ध गराईने छ ।

(२)  उपदफा (१) बमोजिम उपलब्ध गराउनुपर्ने  रकम अस्पतालबाट प्राप्त अनुसूची ५ बमोजिमको सिफारिश नामावलि विवरणको अधारमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा, विपन्न नागरिक औषधोपचार कोषको सचिवालयले बिरामीको खातामा जम्मा हुने गरी  नेपाल सरकारले सूचिकृत गरेका अस्पतालहरू मार्फत उपलब्ध गराइनेछ ।

(३)  जिविकोपार्जन वापतको भत्ता रकम(चेक) लिन विरामी स्वयं उपस्थित हुनु पर्नेछ । यदि विरामी स्वयं उपस्थित हुन नसक्ने अवस्था भएमा निवेदक विरामीको कानून बमोजिम हक लाग्ने अभिभावकले सो को प्रमाण सहित कागजात पेश गरेमा विरामिको अभिभावकलाइ विरामीको नामको चेक अस्पताल प्रमुखको स्वीकृतिमा प्रदान गर्नुपर्नेछ ।

(४) कुनै कारणवस बिरामिको मृत्यु भएमा बिरामिको  आफन्तले अनिवार्य रूपमा समितिमा मृत्युदर्ताको प्रमाण पत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ । यदि बिरामिको मृत्यु भए पश्चात पनि जानकारि नगराइ विरामीको जिवन निर्वाह भत्ता लिएको पाइएमा कानून बमोजिम सरकारी बांकी सरह व्याज सहित असुल उपर गरिनेछ ।

(५) जिविकोपार्जन भत्ता सम्बन्धी कार्यका लागि आवश्यक पर्ने जनशक्ति सम्बन्धित जिल्ला, अस्पताल तथा स्वास्थ्य सेवा विभागले गर्नुपर्नेछ ।

१०.    उजुरी गर्ने व्यवस्थाः  यस राहत प्रक्रियामा चित्त नबुझेमा स्वास्थ्य मन्त्रालयको सचिवज्यू समक्ष कुनैपनि बिरामीले लिखित उजुरी गर्न सक्नेछ । यसरी परेको उजुरी उपर आवश्यक छानबिन गरी सम्बन्धित व्यक्तिलाई जानकारी गराइनेछ ।

११. बाधा अडकाउ फुकाउनेः यस कार्यविधि बमोजिम जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धमा कुनै बाधा पर्न गएमा वा थप व्याख्या गर्नुपर्ने भएमा मन्त्रालयले गरेको निर्णय अन्तिम हुनेछ । मन्त्रालयको निर्णयको पालना गर्नु समिति र सम्बन्धित अस्पतालको कर्तव्य हुनेछ ।

१२.नेपाल सरकारले कार्यविधिमा आवश्यकता अनुसार संशोधन वा हेरफेर गर्न सक्नेछ ।

अनुसुची–१

मिर्गौला,क्यान्सर,स्पाइनल इन्जुरी भई पारालाइसिस  रोगका बिरामीहरुको जिविकोपार्जन भत्ता प्राप्त गर्न स्थानिय निकायमा पेश गर्ने दरखास्त फाराम तथा स्थानिय निकायले सिफारिश गर्ने फाराम

(१)       विरामीको  नाम थरः                                                          लिङ्गः

(२)       जन्म मितिः         साल      महिना     गते                             हालको उमेरः

(३)       नागरिकता प्रमाणपत्र नंम्वरः –(वालकको हकमा जन्म दर्ता नं.)

जारी मितीः–      साल      महिना     गतेजारी गर्ने जिल्लाः–

(४)       स्थायी ठेगानाः    …………….अञ्चल ……………. जिल्लाः ……………गा.पा.̷न.पा. ……वडा नं

अस्थायी ठेगानाः …………….अञ्चल ……………. जिल्लाः ……………….गा.पा.̷न.पा. ……वडा नं

(५)       विरामीको पेशाः                                                              धर्मः

(६)       बाबुको नामः                                                                   बाबुको पेशाः

(७)       आमाको नामः                                                                 आमाको पेशाः

(८)       श्रीमान ̷ श्रीमती को नामः                                     दाजु भाइ संख्याः

दिदी बहिनीको संख्याः

(९)       परिवारको सम्पत्ति विवरणः

(क)       घरः ………..                                           जग्गाः    ………………………….

(ख)       व्यापारीक कारोवारः………………………     जागिर(मासिकआय)  ……………………..

(ग)       अन्यः

(१०)     उपचारत अस्पतालकोनाम

(११)     रोगको प्रकारः

(१३)    माथि उल्लिखित सम्पूर्ण विवरण ठिक साँचो हो, झुठा विवरण पेश गरेको ठहरिएमा कानून बमोजिम सहुँला, बुझाउँला भनी सहीछाप गरेको छु ।(बिरामी वा विरामिका  अभिभावक)

औठा छाप

सिफारिशको व्यहोरा(संक्षिप्त) ………………………………..

नामः

सम्बन्धित बिरामीको वा अभिभावकको                                                सिफारिस गर्ने(स्थानिय निकाय)

दस्तखतः

नामः

बिरामीसँगको नाता सम्बन्धः                                                         पदः

ठेगाना                                                                                     दस्तखतः

सम्पर्क नंम्वरः                                                                              मितिः

कार्यालयको नामः

मितिः                                                                                      कार्यालयको सम्पर्क नंम्वरः

 

कार्यालयको छाप

अनुसुची–२

मिर्गौला,क्यान्सर,स्पाइनल इन्जुरी भई पारालाइसिस  रोगका बिरामीहरुको जिविकोपार्जन भत्ताका लागि निवेदन फाराम( जिल्लास्तरिय सिफारिश समतिमा दिने निवेदन)

 

श्रीमान अध्यक्ष ज्यू

जिविकोपार्जन भत्ता सेवा सञ्चालन र व्यवस्थापन समिति,…….

विषयः जिविकोपार्जन भत्ता पाँउ ।

महोदय,

म ……………………………………., घर ठेगाना भएको  …………………………………………,  ……………………………………………………………… रोगलागी …………………………………………….. अस्पतालमा उपचार गरार्इ रहेको छु । नेपाल सरकार वाट जिवन निर्वाह भत्ता प्रदान गर्ने निर्णय भए अनुरूप विरामि भर्इ मैले गरि आएको काम गर्न असमर्थ भएको हुदाँ, मैले रोजगार गर्न सक्षम नहुदाँ सम्म जिवन निर्वाह भत्त्ता उपलव्ध गरार्इ दिनु हुन अनुरोध गर्दछु ।

 

निवेदकः

दस्तखत

नाम

ठेगाना

मिति

नोटः यदि विरामी अशक्त भए निवेदक विरामीको कानून बमोजिम हक लाग्ने अभिभावक हुन सक्नेछन् ।

 

 

 

 

 

 

फोटो

अनुसुची–३

नेपाल सरकार

स्वास्थ्य मन्त्रालय

 

मिर्गौला,क्यान्सर,स्पाइनल इन्जुरी भई पारालाइसिस रोगका बिरामीहरुको जिविकोपार्जन  भत्ता व्यवस्थापन तथा सञ्चालन समितिको सचिवालय

जिल्लाः ……..

जिबिकोपार्जन भत्ता सम्बन्धी   बिरामिको परिचयपत्र

नामः                          उमेरः                    लिंगः            जन्म मितिः  

रोगको किसिमः                                 सम्पर्क  नं.

परिचय पत्र जारी मितिः

परिचय पत्रदाताको सहि                                             प्रमाणित गर्नेके सही

अनुसूची ४

(सिफारिस समितिको बैठक माइन्युटको ढांचा)

मिति …………………गते प्रमुख जिल्ला अधिकारी श्री ………………..को अध्यक्षतामा जिविकोपार्जन भत्ता सेवा सञ्चालन र व्यवस्थापन समितिको बैठक बस्यो । बैठकको उपस्थिति एवम् निर्णय  देहाय बमोजिम रहेको छ ।

 

उपस्थिती

(क) प्रमुख जिल्ला अधिकारी                                                                                             अध्यक्ष

(ख) जिल्ला स्थित सरकारी अस्पताल (जिल्ला/अंचल/क्षेत्रीय/केन्द्रीय/प्रतिष्ठान) का प्रमुख         सदस्य

(ग) जिल्ला जन/स्वास्थ्य कार्यालय प्रमुख                                                                  सदस्य सचिव

 

निर्णय

मिर्गौला, क्यान्सर, स्पाइनल इन्जुरी भर्इ पारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ बमोजिम मासिक रू ५०००।(अक्षेरूपी पाचँहजार रूपैंया मात्र) जिबिकोपार्जन भत्ता उपलब्ध गराउनका लागि देहाय बमोजिमका विरामिहरूलाइ देहायबमोजिमको अस्पतालमा सिफारिश गरी पठाउन निर्णय गरियो ।

क्र.सं.विरामिको नामउमेर, लिंगठेगानाना.प्र.प.नं.÷ जन्मदर्ता नं.(वालकके हकमा)रोगको किसिमसिफारिश गरेको अस्पतालको नामसम्पर्क नं.बैंकको नाम, ठेगाना, शाखा र खाता नं.
 

 

 

 

अनुसुची–५

मिर्गौला,क्यान्सर,स्पाइनल इन्जुरी भई पारालाइसिस  रोगका बिरामीहरुको जिविकोपार्जन भत्ता प्राप्त गर्नका लागि मासिक अद्यावदिक प्रतिवेदन फाराम

२०….साल ….महिनाको जिविकोपार्जन भत्ता उपलब्ध गराउनु पर्ने विरामिहरूको नामावलि विवरण

मितिः

क्र.सं.विरामिको नामउमेरठेगानाना.प्र.प.नं.÷ जन्मदर्ता नं.(वालकके हकमा) र जारि गरेको सालरोगको किसिमसम्पर्क नं.बैंकको नाम, ठेगाना, शाखा र खाता नं.
महिलापुरूषाअन्य
 

 

 

 

तयार गर्नेः                                                             प्रमाणित गर्ने

नामः                                                                        नामः

पदः                                                                         पदः

दस्तखतः                                                                   दस्तखतः

मितिः                                                                       मितिः

अनुसुची–६

 

मिर्गौला,क्यान्सर,स्पाइनल इन्जुरी भई पारालाइसिस  रोगका बिरामीहरुको जिविकोपार्जन भत्ता सम्बन्धि अभिलेख रजिष्टर

 

फोटो

 

 

                                       

 

 

 

 

विरामिको नामःM                                                   उमेरःM                  लिंग M म÷पु÷अन्य

]नागरिकता नं. ÷ जन्म दर्ता नं.(वालकको हकमा) M

बुवाको नामः                                                     आमाको नामः

रोगको किसिमः

 

ठेगानाः जिल्लाः             न.पा÷गा.पा         वडा नं.          टोलको नामःM                                                सम्पर्क फोन नं.

=

सिफारिश निणय भएको मितिः                                                                                                                                                                                                                  दर्ता नं.

 

 

क्र.सं.भत्ता वितरण गरेको मितिरकमचेक नं.अभिलेख गर्नेको दस्तखतबैंकको नाम, ठेगाना, शाखा र खाता नं.

 

 

 

 

 

 

 

 

 

अनुसुची

 

मिर्गौला रोग ,क्यान्सर रोग र स्पाइनल इन्जुरी भई पारालाइसिस  रोगका बिरामीहरुको जिविकोपार्जन भत्ताका लागि निवेदन फाराम( अस्पतालमा दिने निवेदन)

 

श्रीमान अस्पताल प्रमुख ज्यू

…………………‍            अस्पताल,

 

 

विषयः जिविकोपार्जन भत्ता पाँउ ।

 

महोदय,

 

म ……………………………………., घर ठेगाना भएको  …………………………………………,  ……………………………………………………………… रोग लागी …………………………………………….. अस्पतालमा उपचार गरार्इ रहेको छु । नेपाल सरकार वाट जिवन निर्वाह भत्ता प्रदान गर्ने निर्णय भए अनुरूप विरामि भर्इ मैले गरि आएको काम गर्न असमर्थ भएको हुदाँ, मैले रोजगार गर्न सक्षम नहुदाँ सम्म जिवन निर्वाह भत्त्ता उपलव्ध गरार्इ दिनु हुन अवश्यक कागजात सम्लग्न राखि पेश गरेको व्यहोरा अनुरोध गर्दछु ।

तपसिल

१.जिल्ला स्तरिय विपन्न नागरिक सिफारिश समिति (जिविकोपार्जन भत्ता सेवा सञ्चालन र व्यवस्थापन समिति) को सिफारिश पत्र  १ थान । वा गरिवीको परिचय पत्र ।

२.चिकित्सकको प्रिस्केप्सन

३. नागरिकताको प्रतिलिपि(वालकको हकमा जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपि

विरामिको नामःM                                                   उमेरःM                  लिंग M म÷पु÷अन्य

]नागरिकता नं. ÷ जन्म दर्ता नं.(वालकको हकमा) M जारी मितिः       जिल्लाः             विरामिको पेशाः

धर्मः

जातःवव

बुवाको नामः                                                     आमाको नामः

रोगको किसिमः

 

ठेगानाः जिल्लाः             न.पा÷गा.पा         वडा नं.          टोलको नामःM                                                सम्पर्क फोन नं.

खाता भएको बैकको नाम ठेगाना                       खाता न M

=

जिल्लाबाट सिफारिश निर्णय भएको मितिः

निवेदकः

दस्तखत

नाम

ठेगाना

मिति

 

नोटः यदि विरामी अशक्त भए निवेदक विरामीको कानून बमोजिम हक लाग्ने अभिभावक हुन सक्नेछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *