प्रदेश मन्त्रालयमा स्वास्थ्यलाई बेवास्ता गरेको भन्दै बिरोध

काठमाडौँ, १४ माघ । संघीय संरचना अनुसार बन्ने प्रदेश सरकारका लागि स्वास्थ्य समूहबाट उपल्लो तहमा कुनैपनि कर्मचारी नराखेको भन्दै विरोध शुुरु भएको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य बाहेकका कर्मचारीहरुलाई प्रदेश सरकारको उपल्लो पोष्टमा लैजाने निर्णय गरेको बताइएको छ । यद्धपी सो निर्णय सार्वजनिक भएको छैन ।

स्वास्थ्यका पेशागत तथा कर्मचारी संगठनहरुले भने गत बुधबार निर्णय भएको आफूहरुलाई भरपर्दो सूचना मिलेको भन्दै निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएको बताए । उनीहरुले आजै स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

आठवटा संगठनद्धारा संयुक्त रुपमा बुझाइएको सो ज्ञापन पत्रमा स्वास्थ्य समूहका करीब ३८ हजार कर्मचारीमध्ये ४ सय बढी सहसचिव रहेको अवस्थामा स्वास्थ्य समूहलाई वेवास्ता गरेको उल्लेख छ ।

त्यसो त यसअघि सामान्यले प्रदेशमा रहने मन्त्रालयका लागि स्वास्थ्य समूहका ५ औँ तह देखि ११ औँ तहसम्मका १४० जना आवश्यक भएको भन्दै उपलव्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही अनुसार स्वास्थ्यले सार्वजनिक सूचना जारी गरी प्रदेशमा जान इच्छुकसंग निवेदन मागेको थियो । सो अनुसार ९६८ जनाले निवेदन दिएका थिए ।

पछि सामान्यले अरु तहको यथावत राख्दै सातौँ र आठौँ तहका ३५ जनाको नाम पठाउन भनेको थियो । मन्त्रालयले सोही अनुसार ३५ जनाको नाम पठाएको बताएको छ । तर अहिले सो ३५ जनाको नाममा समेत कुनै निर्णय भएको छैन ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले गत बुधबार भएको भनिएको निर्णयले आफूहरुलाई गम्भीर बनाएको भन्दै सम्वन्धीत निकायको ध्यानाकर्षण गराएको बताए । उनले आजै स्वास्थ्य सचिव मुख्य सचिवको ध्यानाकर्षण गराउने र त्यसले त्रुटी नसच्यि आन्दोलनमा उत्रने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *