सुर्ती उत्पादन रोक लगाउँदा भारतमा घटे ८१ लाख सेवनकर्ता

36
Shares

भूपाल, ११ कात्तिक । भारतमा सरकारले धूँवा रहित सुर्तीजन्य पदार्थको उत्पादनमा रोक लगाउने निर्णय गरेसंगै त्यसको प्रभाव सकारात्मक देखिन थालेको छ । ग्लोवल एडल्ट टोबाको सर्भे २०१६/ ०१७ का अनुसार धुवाँ रहित सुर्तीजन्य पदार्थ खाने मानिसको संख्यामा ८१ लाखले कमि आएको छ ।

भारतको खाद्य सुरक्षा एवं मानक प्राधिकरण ( एफएसएसएआई)ले देशको सबै राज्य तथा केन्द्र शासित प्रदेशका खाद्य सुरक्षा आयुक्तलाई गुठखा तथा पान मसलाको उत्पादन तथा बिक्रीमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ ।

सुत्रहरुका अनुसार केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव सीके मिश्रले सबै राज्यका खाद्य सुरक्षा आयुक्त तथा सम्बन्धित विभागमा केही दिन अघि पत्र पठाउँदै भारत सुर्तीजन्य पदार्थको उत्पादन तथा बिक्रीमा कडाई गर्न निर्देशन दिएका थिए ।

उनले भारत सहित विश्वमा बढ्दै गएको सुर्तीजन्य पदार्थको सेवन मृत्यु तथा विरामीको संख्या घटाउन सकिने भन्दै कानूनलाई कडाईका साथ पालना गर्न सम्वन्धीत अधिकारीको ध्यानाकर्षण समेत गराएका थिए ।

सचिव मिश्रले सर्बोच्च अदालतले गतवर्ष २३ अक्टोबरमा दिएको निर्देशनलाई हवाला दिँदै विहार, कर्नाटक, मिजोरम, मध्यप्रदेश तथा केरलाका मुख्य सचिव बाहेकलाई छाडी बाँकी सबै राज्यका मुख्य सचिवहरुलाई खाद्य एवं सुरक्षा मानक अधिनिमय २०११ अन्तरगत बनाइएको खाद्य एवं सुरक्षा मानक ( निशेध तथा प्रतिवन्ध ) बिनियमन २०११ ले दिएको अधिकार प्रयोग गर्न निर्देशन दिएका छन् ।

यता टाटा मेमोरियल क्यान्सर अस्पतालका प्रोफेसर तथा क्यान्सर सर्जन डा पंकज चतुर्वेदीले ग्लोबल एडल्ट टोबाको सर्भेको हवाला गर्दै २९.६ प्रतिशत पुरुष १२.८ प्रतिशत महिला र २१.४ प्रतिशत युवाहरु अहिले धुवारहित सुर्तीजन्य पदार्थ प्रयोग गरेको बताए ।

भारतमा हरेक बर्ष धुवारहित सुर्तीजन्य पदार्थको सेवनको कारण विरामी तथा मृत्यु हुनेको संख्या बढी रहेको छ । सुर्तीजन्य पदार्थको कारण भारतमा हरेक बर्ष लगभग १० लाख मानिसको मृत्यु हुने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *