बर्षमै ७० लाख मानिसको ज्यान लिने सुर्तीबारे १७ तथ्य

एजेन्सी । तथ्य जनचेतना अभिबृद्धि गरी यसको सेवनदरमा कमि ल्याउनु र अकालमृत्युबाट मानिसलाई जोगाउनु प्रमुख उदेश्य हो । यद्धपी अहिलेसम्म नतिजा नियन्त्रणउन्मुख छैन् । किन यस्तो ? यसको बारेमा थाह नभएर पो हो कि ? त्यसकारण आज हामी प्रस्तुत गर्दैछौँ सुर्तीजन्य पदार्थ सम्वन्धी १७ तथ्यहरु :

१.  नेपालमा हरेक बर्ष १५ हजार बढीको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको असरबाट हुने गरेको छ । संसारभर हरेक बर्ष ७० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गरेको छ ।

२. एउटा चुरोट मा ४८०० भन्दा बढी रासायनहरु हुन्छन्, जसमध्ये ६९ क्यान्सर गराउने खालका हुन्छन् ।

३.  ६९ प्रतिशत चुरोट पिउने व्यक्तिहरुले चुरोट पूर्ण रुपले छोड्न चाहन्छन ।

४.  संसारभर हरेक दिन करीब १५ अर्ब चुरोट चुरोट सेवन गरिन्छ ।

५.  विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर हरेक बर्ष ७० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गर्दछ । त्यसमध्ये ६० लाख आफै सेवन गर्ने व्यक्ति हुन भने ८ लाख ९० हजार बढी सेकेन्ड ह्याण्ड स्मोकर अर्थात अर्काले सेवन गरेको ठाँउमा बसेर अप्रत्यक्ष असर पर्नेहरु हुन् ।

६.  संसारका कुल चुरोट पिउने मानिसहरुमध्ये एक तिहाई  चिनिया छन् ।

७.  चुरोट, अल्कोहलको सेवन कम गर्नाले मात्रै क्यान्सर लाग्ने सम्भावना ३० प्रतिशत ले कम भएर जान्छ ।

८.  चुरोट पिउनाले हृदयघात हुने सम्भावना दोब्बर हुन्छ ।

९. संसारभर एक तिहाई युवा चुरोट सेवन गर्छन् ।

१०. संसारभरका चुरोट सेवनकर्तामध्ये ८० प्रतिशत अर्थात १ अर्व मानिसहरु न्युन तथा मध्यम आय भएका देशहरुमा रहन्छन् ।

११. चुरोट पिउने व्यक्ति मा छाला को समस्या हुन्छा जस्तो कि चाउरी पर्ने, सुख्खा हुने आदि।

१२.  निकोटिनले शरीरमा कोलेस्टेरोलको मात्रा बढाउँछ ।

१३. गर्भवती महिलाले चुरोट पिउनाले संसारभर ५००० बच्चा पेट मै मर्छन । त्यस्तै जन्मेको बच्चामा पनि सुस्त मनस्थितिको हुने, कम तौलको बच्चा जन्मिने , मस्तिस्कको खराबी हुने सम्भावना बढछ ।

१४. चुरोट सेवनले जिब्रोको स्वाद लिने क्षेमता र नाक को सुघ्ने क्षमता कम गर्छ।

१५. चुरोट सेवन ले शुक्रकिटको क्षमता घटाउँछ ।

१६. चुरोटमा पाइने निकोटिन अल्कोहल र हेरोइन भन्दा बढी लत लाग्ने खालको हुन्छ ।

१७. चुरोट सेवन गर्ने व्यक्तिको हड्डी कमजोर हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *