‘त्यहाँ रिपोर्टिङ भन्दा, मानवीय सहायताको खाँचो थियो'(फोटो फिचर सहित)

Ram Prasad Neupane
– रामप्रसाद न्यौपाने

ठिक दुई बर्ष अघि  २५ अप्रिल, त्यो दिन विश्व मलेरिया दिवस थियो । स्वास्थ्य मन्त्रालयले शनिबार विहान ९ बजे नै कार्यक्रम राखेको थियो । टेकुस्थित स्वास्थ्य तालिम केन्द्रको हलमा ।

त्यतिवेलाका स्वास्थ्य मन्त्री खगराज अधिकारी प्रमुख अतिथि तर कार्यक्रम डेढ घण्टामा सक्याउने भनेर खबर आएको थियो । सोही अनुसार म रिपोटिङको लागि टेकु पुगेँ ।

सेड्युल अनुसार कार्यक्रम पनि सकियो । साथी भिसा काफ्ले ( कान्तिपुर साप्ताहिक) सरोज ढुंगेल( गोरखापत्र ) र म संगै निस्कियौँ । शनिबारको दिन थियो हतार थिएन । सुन्धारास्थित आरएनएसी सम्म तीनै जना संगसंगै आइयो ।

त्यसपछि सरोज चावहिल तिर काम छ भन्दै लागे, भिषा भोटाहिटीमा काम छ भन्दै गए । म बसुन्धरास्थित निवास तर्फ फर्किने निधो गरेँ ।

जव महाराजगञ्जस्थित न्युज २४ टेलिभिजन निर आएको थिएँ, एक्कासी कोलाहल र रुवाबासीका साथ साथ मान्छेहरु झुरुप्पै रोडमा जम्मा भए । म पनि आत्तिएँ । के भएको हो भन्ने भेउ पाउन बेर लागेन जमिन बेस्सरी हल्लिएको थियो । ठूलो भूकम्प गयो भन्ने थाह भयो ।

घरमा श्रीमती र सानो छोरा आत्तिए होलान भन्ने भयो, फोन झिकेर हानि हाले, संयोगबस फोन लागि हाल्यो । निकै कहालिएका रहेछन् । उनीहरुलाई सुरक्षित स्थानमा जान भनेर र घर ( पाल्पा) फोन गरेँ । संयोगबस त्यो बेला पनि फोन लागि हाल्यो , भूकम्प ठूलै धक्का महसुस भएको र बाहिर खुलास्थानमा बसेको कुरा दिदीले भन्नु भयो ।

DSC09902

त्यसपछि म झट्ट सम्झे झोलाको क्यामेरा । झिकेर फोटो खिच्न थालेँ । जतिवेला ठूला ठूला परकम्पन आइरहेको थियो । मेरो अगाडीपट्टी साझा बस बीचबाटोमै हल्लिदै रोकिएको थियो । अलि अघि बढेँ अन्तराष्ट्रिय बालमैत्री हस्पिटलका नर्सहरु भर्खरै जन्मेका शिशु काखमा च्यापेर सड्कमा निस्किएका थिए । उनीहरु आफै अत्तालिएका थिए ।

अलि अगाडी बढे राष्ट्रपति कार्यालयका सिभिल सेक्युरिटीहरु वाकीटकी लिएर वरपर कतै क्षति भएको छ भन्दै यता उता दौड्दै थिए ।

DSC09900

त्यसबीचमा धेरै ठूला पराकम्पहरु आइरहेका थिए । अलमल र भयका बावजुत म १० मिनेट भित्रै त्रिवि शिक्षण अस्पताल पुगेको थिएँ । तर त्यहाँ पुग्दा त मैले अनुमान गरे भन्दा निकै फरक दृश्य देखियो । धुलाम्य र रगताम्य घाइतेहरु ल्याउन थालिसकेको थियो ।

अस्पतालका चिकित्सक नर्स तथा अन्य भोलेन्टियरले धमाधम बेड र म्याटहरु ग्राउण्डमा ल्याउन थालिसकेका थिए । उपचार सुरु भइसकेको थियो । कोही भुईमा कोही बेच्नमा कोही बेडमा लमतन्न थिए । पाँच मिनेट भित्र १० जना भन्दा बढीको मृत शरीर आइपुगेको थियो । घाइते त कति कति । यसले भूकम्प कति ठूलो थियो भन्ने अनुमान भइसकेको थियो ।DSC09905

कोलाहाल, रुवाबासीको अवस्था थियो । त्यहाँ रिपोटिङ भन्दा पनि मानवीय सहायताको खाँचो थियो । त्यसैले म पनि अन्य व्यक्तिले जस्तै भित्रबाट बेड ल्याउने , सार्ने, घाइतेहरुलाई उचाल्ने, डाक्टरले भनेको समान पुग्न दिने लगायतका काममा लागेँ । त्यसबीचमा पत्रकारिताको आफ्नो दायित्व समेत निर्वाह गर्नुपथ्र्यो । मैलै केही फोटाहरु त्यहाँ पनि खिँचे ।

DSC09909

DSC09917

DSC09935

DSC09941

DSC09928

DSC09920

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘त्यहाँ रिपोर्टिङ भन्दा, मानवीय सहायताको खाँचो थियो'(फोटो फिचर सहित)

Leave a Reply to Anu Cancel reply

Your email address will not be published. Required fields are marked *