यी हुन् नेपाली कांग्रेसले चुनावी घोषणा पत्रमा उठाएका स्वास्थ्यका १५ बुँदा

काठमाडौँ, १२ बैशाख । आउदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस पार्टीले आज घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा एक कार्यक्रमको आजोजना गरि सार्वजनिक गरिएको घोषणा अन्य विषयसंगै वुदागत रुपमा स्वास्थ्यको विषय समेत उठाइएको छ ।

पार्टीले जितेमा प्राथमिकताका साथ गर्ने काम मात्रै नभई नयाँ स्थानीय संरचनामा स्वास्थ्य क्षेत्र कसरी अटाउने भन्ने समेत उल्लेख गरिएको छ ।
हेरौँ कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेका विषयहरु :

  • नेपाली कांग्रेस आगामी १० वर्षभित्र शिशु मृत्युदरलाई ५ भन्दा कम र मातृमृत्यु  दरलाइ (प्रति एक लाख जीवित जन्ममा) ५० भन्दा कमगर्ने अठोट गर्दछ । कांग्रेसले मलेरिया, कालाज्वर, डेंगु, हेपाटाइटिस लगायत पानीजन्य रोगहरुबाट कसैको पनि मृत्यु नहुने स्वास्थ्य नीति र संरचना बनाउनेछ ।

आधारभूत स्वास्थ्य र सरसफाइ :

  1.  सबैलाईभरपर्दो, स्तरीय र सुलभ स्वास्थ्य सेवा भन्नेमूल लक्ष्यका साथ नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रको नीति र कार्यक्रम संचालन गर्नेछ । स्वास्थ्य नीतिको मूल उद्देश्य उपचार हुन सक्ने रोगको उपचार सुविधा नपाई कुनैपनि नेपाली नागरिककोअकालमा मृत्यु नहोस भन्ने हुनेछ ।
  2.  हरेक गाउँपालिकामा प्रसुती सेवा सहितकोकम्तिमा एउटा १५ शैयाकोअस्पताल निर्माण गरिनेछ । सबैनगरपालिकामा आवश्यकता हेरी २५ देखि ५० शैयाको आधुनिक अस्पताल निर्माण गरिनेछ । यी अस्पतालहरुलाई ठूला नगर क्षेत्र, प्रदेश र केन्द्रीय स्तरका अस्पताल सेवासँग आबद्ध गरिनेछ ।
  3. सबै सरकारी अस्पतालमा सामाजिक सेवा इकाइको व्यवस्था गरिनेछ । हाल १२ कडा रोगहरुलाई उपचार सहायता उपलब्ध गराइदैआएकोमा योकार्यक्रम थप रोगहरुका हकमा पनि लागूहुनेव्यवस्था गरिनेछ ।
  4. निःशुल्क भईसकेकोबाथ, मुटु रोग र मृगौला प्रत्यारोपणलाई थप सहज बनाउँदैनिःशुल्क डायलेसिस सेवालाई  स्थानीय तहसम्म विस्तार गर्दै लगिनेछ ।
  5. महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षणलाई स्थानीय तहसम्म विस्तार गरिनेछ ।
  6. विगतमा नेपाली कांग्रेसको सरकारका पालामा प्रत्येक गाउँ विकास समितिमा एक स्वास्थ्य संस्था राख्नेनीति अनुरूप नेपालका सबै गाउँविकास समितिहरूमा स्वास्थ्य संस्थाको स्थापना भएकोछ । गाउँ/नगरपालिकाको नयाँ संरचनामा अब प्रत्येक वडामा स्थानीय महिलाहरूलाईआवश्यक नर्सिङ सेवाकोतालिम दिईआफ्नै वडामा तलबी नर्स स्वयंसेवकको रूपमा कार्यरत गराउँदै सुरक्षित मातृत्व तथा शिशुस्वास्थ्य उपचारकोव्यवस्था गरिनेछ ।
  7.  कांग्रेस नेतृत्वका स्थानीय सरकारहरुले गैरसरकारी क्षेत्रलाई सेवा प्रदायकका रूपमा समावेश गर्नकम्तीमा पनि १०० वटा पाइलट कार्यक्रम सञ्चालन गर्नेछन्।सरकारी छात्रवृत्ति वा अन्य सहयोगबाट शिक्षा प्राप्त गरेका चिकित्सकहरूलाई गाउँपालिकाका अस्पतालमा पठाउनेविधि र प्रक्रियालाई आकर्षक र प्रभावकारी बनाइनेछ ।
  8.  प्रत्येक नेपाली नागरिककोस्वास्थ्य बीमा सुनिश्चित गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ । पाँच जना सम्मकोएउटा परिवारलेवार्षिक रु. २५०० योगदान रकम तिररे सदस्य बनेपछि स्वास्थ्य उपचार आवश्यक पर्दा एक वर्ष भित्रमा रु. ५० हजार सम्मको सेवा पाइने कार्यक्रमलाई देशभर संचालन गरिनेछ ।
  9. सम्भाव्य गाउँपालिकाहरुमा निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको चिकित्सा सेवा प्रदान गर्नसक्षम तुल्याई नेपाललाई विशिष्ट चिकित्सा पर्यटनकोगन्तव्य बनाउन टेवा पु¥याइनेछ र निजी अस्पताल तथा चिकित्सा केन्द्रहरूकोगुणस्तर मापदण्ड तोकी लागूगरिनेछ ।
  10. प्रत्येक घरमा शौचालय निर्माण र सरसफाइकोसामाजिक अभियान चलाइनेछ । विपन्न वर्गका परिवारहरूलाई शौचालय निर्माण गर्न थप अनुदान दिइनेछ ।:
  11. विपन्न परिवार :पानीको एक निःशुल्क धारा कार्यक्रम पाँच वर्षका लागि ल्याइनेछ ।
  12. सबैका लागि स्वस्थकर खानेपानी सुनिश्चित गर्न सबैमानव बस्तीहरूमा सुरक्षितvखानेपानी पु¥याइनेछ । खानेपानीका मुहानहरूको संरक्षण र खानेपानीको गुणस्तर कायम गर्नसरसफाइ कार्यक्रम निर्देशित हुनेछन्।
  13. आगामी पाँच वर्षभित्रमा आर्सेनिकयुक्त पानीका स्रोतहरू माथिकोनिर्भरता समाप्त गरिनेछ । प्रत्येक नगरपालिकामा अधिकारसम्पन्न खानेपानी बोर्ड बनाई सोही अनुरूप खानेपानीकोव्यवस्था गरिनेछ ।
  14. सुत्केरी आमा : पोसिलोखाना भन्नेनाराका साथ स्थानीय स्वास्थ्य संस्थाबाट सुत्केरी भएको २ वर्षसम्म पोषण कुपन वितरण गरिनेछ । साथैगर्भवती महिलाहरुको पोषणकोलागि नियमित भत्ताको व्यवस्था गरिनेछ । सबै नवजात शिशुकोनिःशुल्क उपचार कार्यक्रमलाई देशभर विस्तार गरिनेछ ।
  15. हाल कार्यान्वयनमा रहेकोसुनौलो हजार दिन कार्यक्रम सबैवडाहरुमा पु¥याइनेछ ।

स्थानीय सरकारमा कांग्रेसले परिकल्पना गरेको स्वास्थ्यको व्यवस्था

  • प्रसूति सेवा सहितको कम्तिमा १५ शैयाका ेस्तरीय अस्पताल ।
  • पायक पर्नेक्षेत्रमा एउटा एउटा एम्वुलेन्स ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *