‘आपतकालीन चिकित्सा प्रणाली’ प्रभावकारी बन्दै

काठमाडौँ, २१ चैत । ‘आपतकालीन चिकित्सा प्रणाली’ कार्यक्रम अब नेपालमा पनि सुरु गरिएको छ ।

गत वर्षको भूकम्पमा विपद्को समयमा स्वास्थ्य सेवा कसरी दिने भन्ने पहिल्याउन नसक्दा बढी धनजनको क्षति भएकोतर्फ दृष्टिगत गर्दै नेपालमा सो कार्यक्रम सुरु गरिएको हो ।

मेडिकल टिम्स इन्टरनेसन (एमटिआई)ले नेपाल सरकारसँगको सहकार्यमा धादिङ जिल्लामा नमुना कार्यक्रमका रुपमा ‘आपतकालीन चिकित्सा प्रणालीलीन चिकित्सा प्रणाली’ सुरु गरेको छ ।

धादिङको तत्कालीन गाविसका प्रत्येक वडाबाट दुईजनाका दरले ९०० जनालाई तीन दिनको ‘ग्रामीण प्राथमिक उद्धारकर्ता तालिम’ र २५६ जनालाई १२ दिने ‘ग्रामीण चिकित्सक उद्धारकर्ता’ तालिम दिने लक्ष्य लिइएको छ ।

जसमध्ये हालसम्म ३५७ जनाले ‘ग्रामीण प्राथमिक उद्धारकर्ता तालिम’ र ५१ जनाले ‘ग्रामीण चिकित्सक उद्धारकर्ता’ तालिम लिइसकेका छन् ।

ग्रामीण प्राथमिक उद्धारकर्ता तालिम लिएकाहरुलाई अहिले गाउँ, टोलमा तयारी अवस्थामा राखिएको छ । गाउँमा केही हुनेबित्तिकै उनीहरुले उद्धार गर्ने, आवश्यकताअनुसार एम्बुलेन्स बोलाउने र चिकित्सकसम्म पु¥याउन समन्वय गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भोगेन्द्र डोटेलले धादिङ जिल्लाको कार्यक्रमको प्रभावकारिता हेरेर छिट्टै देशैभर यो कार्यक्रम पु¥याउने लक्ष्य लिइएको जानकारी दिए ।

उनले भने – सडक दुर्घटना अत्यधिक हुने जिल्लाका रुपमा धादिङलाई छनोट गरिएको हो, दुर्घटनालगत्तै घाइतेलाई कसरी उद्धार गर्ने, उसलाई कस्तो अवस्थामा राख्ने, स्वास्थ्यकेन्द्रसम्म पु¥याउने, एम्बुलेन्सको व्यवस्थापन कसरी गर्नेलगायतका आधारभूत कुराहरु तालिमका क्रममा सिकाउँछौँ ।

मेडिकल टिम्स इन्टरनेसन नेपालका लागि देशीय प्रतिनिधि एन्डर नर्कटले गत वर्षको भूकम्पपछि आफ्नो संस्था घाइतेहरुको उद्धार र राहतका लागि नेपाल आएको र सोही क्रममा नेपालमा आपत्कालीन अवस्थामा चिकित्सकीय सेवाको आवश्यकता देखेपछि कार्यालय खोलेर काम सुरु गरेको जानकारी दिए ।

नेपालजस्तो भौगोलिक स्वरुप भएको मुलुकमा यो कार्यक्रम अनिवार्य रहेको उनको भनाइ छ । आफ्नो संस्थाले विश्वका ११ मुलुकमा काम गरिरहेको पनि उनले बताए ।

मेडिकल टिम्स इन्टरनेसन नेपालका लागि देशीय प्रतिनिधि नर्कटले भने – “आपतकालीन चिकित्सा प्रणाली चिकित्सा प्रणाली कार्यक्रम अरुले आएर गरीदिनेभन्दा पनि नेपाल सरकारले कार्यान्वयन गर्नुपर्छ, नेपालजस्तो भौगोलिकस्वरुप भएको मुलुकमा यस्तो कार्यक्रम देशैभरसञ्चालन गर्नुपर्छ ।

यो तालिम आफ्नै लागि हो, परिवार, समाज र छिमेकीका लागि हो भन्ने ध्येयले स्वयंसेवीका रुपमा तालिम लिएकालाई खटाइरहेको उनले बताए।

नर्कटले भने – “घटना भएमा तत्काल के गर्ने, घाइतेलाई कसरी अस्पतालसम्म पु¥याउने र अस्पताल पुगिसकेपछि अस्पतालमा कसरी समन्वय गर्नेलगायतका तीन तहको तयारीबारे तालिम केन्द्रित हुन्छ ।

आफूहरुले बिरामी बोक्ने स्ट्रेचर वितरण गर्नेभन्दा स्थानीयस्तरमा स्ट्रेचर तुरुन्त कसरी निर्माण गर्ने, घाइतेलाई कसरी ब्यान्डेज बान्नेजस्ता सीप सिकाइने गरेकोपनि उनले बताए।

एमटिआईका राष्ट्रिय कार्यक्रम निर्देशक विमल विष्टले ‘आपत्कालीन चिकित्सा प्रणाली’ लागू गर्न सहकारीको अवधारणा ल्याइएको बताए ।

उनले भने – “यो कार्यक्रममा सहभागी हुने उद्धारकर्तालाई सम्बन्धित गाउँपालिका, आमा समूह, स्थानीय समूहको संरचना तयार गरी केही रकमको व्यवस्था हुने अवधारणा लिएका छौँ ।

अहिले थप छ जिल्लामा यस्तो कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य मन्त्रालयले आफ्नो संस्थासँग माग राखेको उनले जानकारी दिए ।

संस्थाले १२८ पृष्ठको ‘ग्रामीण प्राथमिक उद्धारकर्ता हाते पुस्तिका’ र १४० पृष्ठको ‘ग्रामीण चिकित्सक उद्धारकर्ता हातेपुस्तिकासमेत प्रकाशन गरिसकिएको छ ।’

नयाँ बनेको एम्बुलेन्स निर्देशिकामा एम्बुलेन्सको ड्राइभरले यो तालिम अनिवार्य लिएको हुनुपर्ने भन्ने प्रावधान रहेको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डोटेलले र्दिए ।

यो कार्यक्रम अनिवार्य छ, तर यसको स्वरुप कस्तो हुने भन्ने धादिङको अनुभवबाट थपघट गर्दै लैजाने तयारी सरकारले गरिरहेको उनले जानकारी गराए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *