घामको एलर्जीले सताएको छ ? यसरी गर्नुस घरेलु उपचार

गर्मी मौसम सुरु भइसकेको छ । घामको एलर्जीले कतिपयलाई सताउन सक्छ । तर अब नआत्तिनुस जोगिने उपाय हामी बताउदैछौँ ।

१. हरेक दिन दुई पटक चिसो पानीले नहाउनुस् ।
२. घामले एलर्जी बनाएको ठाँउमा वा कोतरिएको भागमा आलु पिधेर लगाउनुस् ।
३. घिउकुमारीले तपाईँको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ ।त्यसले डढेको छालामा घिउकुमारीको चोप लगाउनुस् ।
४. काँक्रो पिधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।
५. घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ति लगाउन पनि सकिन्छ ।
६. घाममा निस्कनु अघि सनस्क्रीन लगाउन नभुल्नुस् ।
७. नरम कपडालाई भेनेगारमा डुवाई घामले डढेको छालामा लगाउनुस् ।
८. पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।
९. नरम कपडालाई चिसो दुधमा डुवाई त्यसले छालामा मालिस गर्नु फाइदा जनक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *