कार्यरत संस्थामै पुल दरबन्दी सिर्जना गरि पदस्थापन गर्न माग

काठमाडौँ, ५ फागुन । सरकारले माथिल्ला संस्थामा नभई कार्यरत संस्थामै पुल दरबन्दीको व्यवस्था गर्न स्वास्थ्यका क्रियाशिल ट्रेड युनियनहरुले माग गरेका छन् ।  उनीहरुले कार्यरत संस्थामा बरिष्ठताका आधारमा नेतृत्व दिनुपर्ने माग पुन दोहोरयाएका छन् । उनीहरुले बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

गत ३ माघमा बसेको मन्त्रिपरिषदको बैठकले दफा ९ ख वाला कर्मचारीको माग पुरा गर्न ३ हजार ८४५ सिट पुल दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो । सोही बैठकले स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्टलाई नै दिने निर्णय गरेको थियो । पुल दरबन्दी जिल्ला, अञ्चल, क्षेत्र तथा केन्द्रका अस्पतालमा वितरण गरि ती स्थानमा स्तरबृद्धि भएका स्वास्थ्यकर्मीहरुलाई पठाउने योजनामा रहेको थियो । तर स्वास्थ्यकर्मीहरुका विभिन्न ट्रेड युनियनले सरकारको योजना आफूहरुलाई मान्य नहुने बताएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघका उपमहासचिव विष्णु फुयालले ३ गतेको मन्त्रीपरिषदले गरेको निर्णय कपी आफूहरुले नपाएको र पुल दरबन्दीको व्यवस्थापन कसरी हुँदैछ भन्ने पनि जानरकारी नभएको भन्दै तत्काल आफूहरुलाई जानकारी दिन माग गरेको बताए । उनले विहीबार नै स्वास्थ्यमन्त्री गगन थापालाई उनको सचिवालय मार्फत ज्ञापनपत्र बुझाएको भन्दै पूर्वघोषित आन्दोलन यथावत रहेको बताए ।

यता हेल्थ असिस्टेन्टहरुले भने स्वास्थ्य चौकीको नेतृत्व आफूहरुले गर्न पाउनुपर्ने बताउदै आएका छन् । उनीहरुले सरकारले गत ३ फागुनमा गरेको निर्णयको स्वागत गर्दै त्यसको तत्काल कार्यान्वनय हुनुपर्ने माग गरेका छन ।

सीअहेवले स्वास्थ्य चौकीको नेतृत्व आफूले पाउनुपर्ने भन्दै दुई महिना अघि देखि मन्त्रालय केन्द्रीत आन्दोलन गरेपछि हेअले पनि सो माग पुरा गर्न नहुने भन्दै काउन्टर आन्दोलनको रुपमा मन्त्रालय केन्द्रीत धर्ना दिदै आएका छन् ।

सात वटा  ट्रेड युनियनहरुले बिहीबार निकालेको विज्ञप्ती यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *