यी हुन् गर्भनिरोधका उपायबारे बढी सोधिने १२ प्रश्न

 

एजेन्सी ।  प्रजनन अवस्थामा पुगेका व्यक्तिले सुरक्षीत उपायको खोजी गर्नु कुनै नौलो कुरा होईन । तर कहिले काँही यहि कुरा कठिन हुनजान्छ । कुन उपाय अपनाउने भन्नेमा दोधार हुन्छ । कुन विधि प्रयोग गर्ने भन्ने बारेमा दिमागमा धेरै प्रश्न खेल्छ । हामीले आज अधिकांश प्रजनन उमेरका व्यक्तिले चिकित्सकसंग सोध्ने प्रश्न र चिकित्सकले दिने उत्तरलाई संयोजन गर्ने प्रयास गरेका छौँ ।

१. गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी विधि कुन हो ? 

यो निक्कै मुस्किल प्रश्न हो । किनकी गर्भनिरोध लागि धेरै विधिहरु छन । फरक फरक विधि र साधनहरुको फरक फरक फाइदाहरु पनि हुन्छन् । तर तपाईलाई दुईवटा विधि दिएर रोज्न भनिन्छ भने त्यसमा चाहि रोज्नुहोस् । जस्तै कण्डम र पिल्स मध्ये एक रोज्न भनिन्छ भने तपाईँ कण्डम रोज्नुहोस किनकी यसले परिवार नियोजनको काम त गर्छ नै संगसंगै सम्भावित संक्रामक यौनरोग हुनबाट समेत जोगाउँछ ।

२. यौनजन्य संक्रामक रोगबाट बच्ने र गर्भवती हुनबाट जोगाउने सबैभन्दा सुरक्षीत विधि कुन हो ?

यौनजन्य संक्रामक रोगबाट बच्नको लागि कण्डमको प्रयोग गर्नु नै एक मात्रै र परिपक्व विधि हो । किनकी धेरै जसो यौनजन्य संक्रामक रोगहरु छालाबाट सर्ने भएकोले कण्डम नै यसको एक मात्रै उपयुक्त विधि हो ।

३. के गर्भनिरोधका साधन अपनाउँदा बाँझोपना निम्त्याउँछ ?

यो प्रश्न धेरै किशोरी तथा जवान महिलाहरुले गर्ने गर्दछन् । तर कुरा के हो भने गर्भनिरोधका लागि प्रयोग हुने विधि अस्थायी हुन् । तसर्थ यसले स्थायी काम गर्दैन र बाँझो पन ल्याउँदैन ।

४.  के बीर्य बाहिर फाल्ने विधि गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी विधि हो ?

त्यसो भनि हाल्नु पनि सहि नहोला किनकी यो आफैमा मुस्किल विधि हो । कुन दिन बढी सुरक्षीत र कुन दिन कम सुरक्षीत पहिले नै पत्ता लगाउनुपर्छ । तथ्यांकले पनि सत प्रतिशत नतिजा दिदैन एक सयमा ४ जना त गर्भवती भएकै हुन्छन् । तर यसलाई धेरै जसोले प्रयोग गरेका पनि छन् ।

५. यदि असुरक्षीत यौन सम्पर्क गरिएमा पनि गर्भधारणहुनबाट जोगिन सकिन्छ ?

सकिन्छ, यदि तपाई असुरक्षीत यौन सम्पर्क गर्नुभयो भने पनि अहिले त्यसलाई रोक्ने विभिन्न साधनहरु आएका छन् । आकस्मिक गर्भ निरोधका चक्कीहरु प्रयोग गर्न सकिन्छ । तर यसको निर्णय तपाईले समयमै गर्नुपर्छ । अर्थात ३२ घण्टा भित्रैमा गरेको राम्रो ।

६. गर्भधारण हुन नदिने सबैभन्दा सस्तो तरिका के छ ?

बीर्य बाहिर फ्याक्ने विधि सबैभन्दा सस्तो तरिका मानिन्छ । अर्थात यो त निशुल्क नै भन्दा पनि हुन्छ । तर पनि यसको प्रभावकारिता एकदम शंकास्पद छ । तर यसमा तपाईले गर्भनिरोधका लागि कतिसम्म खर्च गर्न सक्नुहुन्छ त्यसमा पनि भरपर्छ ।

७. यदि जोडी मध्ये कुनै एक वा दुई नै समलिंगी भए पनि गर्भ निरोधक साधनको प्रयोग गर्नु आवश्यक छ ?

गर्भधारणका लागि महिला र पुरुषबीच यौनसम्पर्क आवश्यक पर्दछ । तर समलैगिक यौन सम्पर्कले गर्भ रहँदैन यद्धपी त्यस्ता व्यक्तिसंग हुने यौनसम्पर्कका बेला साधनको प्रयोग गरेमा सम्भावित यौनजन्य रोगबाट जोगाउँछ ।

८. गर्भधारण रोक्ने खाने चक्की पिल्सले तौल बढाउँछ ?

पिल्सकै कारणले मात्रै वजन बढ्ने भन्ने होइन । बढाउँदैन नै । यद्धपी केही महिलाहरुको गुनासो छ । यसका अन्य कारणहरु जोडिएका हुनसक्छन् ।

९. के पिल्सको प्रयोग हरेक दिन उही समयमा गर्नुपर्ने जरुरी हुन्छ ?
सकेसम्म उही समयमा खाएको राम्रो यद्धपी आफ्नो अनुकुल समयमा धेरै ग्याप नहुने गरी खान सकिन्छ ।

१०. यदि यौनसम्पर्कको चरम आनन्द लिएका बेला कण्डम फुट्यो वा भित्रै हरायो भने के गर्ने ?
तत्काल कण्डम झिक्ने, बीर्य भित्रै छिरेको छ भने आकस्मिक गर्भ निरोधका चक्की खान दिई हाल्ने । यदि धेरै जनासंग यौन सम्पर्क गरेको व्यक्ति हो भने यस्तो बेलामा यौनरोग सर्ने सम्भावना रहन्छ । संक्रमणको सम्भावना रहन्छ । त्यसैले सतर्क हुने ।

११. के मैले पिल्स लिएकै बखत सुरक्षाका लागि अन्य साधन पनि प्रयोग गर्नुपर्छ ?
तपाईको खुशी, पिल्स लिएकै बेला कण्डमको प्रयोग गर्नुहुन्छ भने त्यसले दोहोरो फाईदा पुरयाउछ । पिल्सले गर्भ मात्रै रोक्छ तर कण्डमले संक्रमण रोग लाग्नबाट समेत बचाउँछ । तर गर्भ निरोधकै लागि मात्रै हो भने दोहोरो साधनको प्रयोग गर्नु जरुरी नहोला ।

१२. कण्डमको प्रयोग कसरी गर्ने ?

कण्डम जहिले पनि चिसो ठाँउ र अध्यारो ठाँउमा राख्नु राम्रो ।
कण्डम पछाडीको खल्ती वा पर्समा कहिल्यै नराख्नुहोस् ।
कण्डम खोल्दा कहिले पनि दाँतले नटोक्नुहोस ।
र कण्डम एक पटकका लागि मात्रै प्रयोग गर्नुहोस् ।

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *