‘थालेसिमियाका विरामीको उपचारमा सरकारले विशेष व्यवस्था गर्नुपर्छ’
काठमाडौँ, १६ माघ । थालेसिमिया रोगबाट पिडीतको उपचारमा सरकारले विशेष व्यवस्था गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । शरीरमा रक्तकोषको विकास हुन नसक्दा देखापर्ने रोग भएको र यसको उपचार लामो समयसम्म गर्नुपर्ने भएकोले विशेष व्यवस्था गर्न चिकित्सकले माग गरेका हुन् ।
नेपाल क्यान्सर हस्पिटल र नेपाल थालेसिमिया सोसाईटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा चिकित्सकहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै कान्तिबाल अस्पतालका बालरोग विशेषज्ञ डा अजित रायमाझीले थालेसिमिया रोगबाट धेरै बालबालिकाहरु पिडीत भएको भन्दै राज्यले यसको उपचारमा विशेष ध्यान दिनुपर्ने बताए । उनले धेरै बालबालिकाहरु थालेसिमिया रोगबाट पिडीत भएको र उनीहरुलाई लामोसमय सम्म रगत दिई राख्नुपर्ने भएकोले सरकारले सहयोग गर्नुपर्ने बताए ।
बालबालिकाहरुमा थालेसिमिया रोग देखिसकेपछि शरीरमा रगत कम हुने हुँदा उनीहरुलाई समय समयमा रगत दिई रहनुपर्ने र यस रोगबाट गरीब परिबारका बालबालिकाहरु धेरै पिडीत हुने हुँदा उनीहरुलाई जीवनभर रगत चडाई रहन पनि गाह्रो हुने र बोनम्यारो ट्रान्सप्लान्ट गर्न पनि नसक्ने हुँदा यसको उपचारमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल थालेसिमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठकले नेपालमा धेरै बालबालिकाहरु थालेसिमियाबाट ग्रसित भए पनि यसको उपचार र रोकथामाको अवस्था अत्यन्तै दयनिय रहेको,अहिले एक सय ८२ जना थालेसिमियाका विरामी दर्ता भइ उनीहरुको उपचार भइरहेको सोसाइटीका अध्यक्ष दुर्गा पाठकले बताए।
उने भने, ‘आमा र बाबुको बंशाणुगत गुणको करण बालबालिकाहरुमा योग देखिने भए पनि अहिले सम्म यो रोगलागेका बालबालिकाहरुको राम्रो सगं उपचार हुन सकेको छैन, अहिले कान्ति बाल अस्पतालमा थालेसिमियाका बिरामी बालबालिकाको उपचारको लागि एक मात्र बेड रहेको र प्रयाप्त भएको छैन।’
अहिले थालेसिमिया सोसाइटीलेनै थालेसिमियाबाट पिडित भएका बालबालिकाहरुको आफै उपचार गर्दै निशुल्क रगत दिने काम गरिरहेको र हाल सोसाइटीमा १ सय ८२ जना थालेसिमियाका विरामी बालबालिकाहरुलाई निशुल्क रगत दिदैँ उनीहरुको उपचार गर्दै आएको सोसाइटीका अध्यक्ष पाठकले जानाकारी दिए।
बच्चा जम्मेको ४ देखि ६ महिना भित्र बच्चालाई दुध चुस्न समस्या हुने बालबालिकाको वृद्धि विकास नहुने पेट ठूलो हुदैँ जाने, बच्चामा रगतको कमि देखिने हत्केला, पैताला र ओठहरु सेतो देखिने जस्ता लक्षण देखिएमा थालेसिमिया हुन सक्ने भएकाले यस्ता लक्षण देखिदा अभिभावक सचेत रहनु पर्ने डा।अमित श्रेष्ठले बताए। उने भने, ‘ यदि बच्चा जन्मेको ४ देखि ६ महिना भित्र भित्र बच्चालाई दुध चुस्न समस्या हुने बालबालिकाको वृद्धि विकास नहुने पेट ठूलो हुदैँ जाने, बच्चामा रगतको कमि देखिने हत्केला, पैताला र ओठहरु सेतो देखिने जस्ता लक्षण देखिए थालेसिमिया हुन सक्ने हुदाँ अभिभावक सचेत रहनु पर्छ।’
थालेसिमिया भएका विरामी भएका बालबालिकाहरुमा रगतको कमि हुने भएकाले उनीहरुलाई तीन चार हप्ताको फरकमा नियमित रगत दिनुको साथै समयमै रोग पत्ता लागेमा बोनम्यारो ट्रास्पलान्ट गर्न समेत सकिने हुदाँ सचेत रहनु पर्ने र गर्भ रहेको ८ देखि १२ हप्तामा शिशुमा थालेसिमिया क्यारियर छ या छैन जाँच गर्न सकिन्छ । त्यसैले यो रोगको समाधानको अरु उपाय नभएकाले बच्चा जन्माउनु अघिनै सचेत हनुको विकल्प नरहेको डा. श्रेष्ठले बताए।
सम्पर्क इमेल : [email protected]
Thalassemia patients ko lagi government le free ma bone marrow transplant ko bewastha garnu jaruri xa