सांसदद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर, २१ पुस । संंसदीय विकास कोषको रकमबाट स्थानीय झलारी पिपलाडी नगरपालिकास्थित पिपलाडी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स आज हस्तान्तरण गरिएको छ ।

संसदीय विकास कोषबाट प्राप्त रु आठ लाख ३० हजारबाट खरिद गरिएको एम्बुलेन्स सांसद कृपाराम रानाले स्वास्थ्यचौकी सञ्चालन समितिका सदस्य सचिव चेतराज भट्टलाई हस्तान्तरण गरेका हुन् ।

उनले दुर्गममा रहेको स्वास्थ्यचौकीले एम्बुलेन्स सेवा सञ्चालन गरी सर्वसाधारणको उपचारमा थप टेवा पुग्ने बताए ।

स्वास्थ्य चौकीका निमित्त कार्यालय प्रमुख दिलीपसिंह साउदले सांसद रानालाई दुई कोठे पक्की भवन, इन्सीनेटर, डम्पिङ साइट, पर्खाल रङरोगनका लागि रु १७ लाख ५० हजार रकमको व्यवस्था गरिदिनका लागि आग्रह गरे ।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *