नेपालमा जलबायु परिवर्तनका कारण झाडा पखलाको केश ४ प्रतिशतले बृद्धि : अध्ययन्

काठमाडौँ, ६ पुस – नेपालमा जलबायु परिवर्तनको कारण झाडा पखलाको केश बढेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनले एक डिग्री सेन्टीग्रेड तापक्रम बढ्दा ४ प्रतिशत बढीले झाडा पखलाको केश बढी हुने गरेको पाइएको हो ।

परिषदले सोमबार सन् २००२ देखि सन् २०१४ सम्म अर्थात १२ बर्षको अध्ययन प्रतिवेदन माथि प्रारम्भिक छलफल गरेको थियो । सो क्रममा अनुसन्धानकर्ताहरुले जलबायु परिवर्तनको अवस्था र त्यसले स्वास्थ्यमा पारेको असरको तथ्य प्रस्तुत गरेका थिए ।

प्रमुख अनुसन्धानकर्ता डा मेघनाथ रिमालले जलबायु परिवर्तनका कारण नेपालका पहाडी तथा हिमाली जिल्लामा तापक्रम बढ्दै गईरहेको र त्यसको कारणले झाडा पखालको केशहरु बढी रहेको बताए । उनले भने, ‘हाम्रो अनुसन्धानले एक डिग्री तापक्रम बृद्धिहुँदा त्यसको झाडा पखालाको केश ४.३९ प्रतिशतले बढी रहेको पाईयो ।’

डा रिमालका अनुसार जलबायु परिवर्तनको असर पश्चिमाञ्चल क्षेत्रका हिमाली भेग मनाङ मुस्ताङ, मध्यपश्चिमको उच्च पहाडी भाग अर्थात कर्णाली क्षेत्रका जिल्लाहरु तथा सुदुरपश्चिमका पहाडी क्षेत्र डोटी दिपायल लगायतका स्थानमा बढी देखिएको बताए ।

त्यस्तै अनुसन्धानले बर्खे झरीका बेलामा एक मिलिमिटर पानी पर्दा झाडा पखलाको सम्भावना ०.२८ प्रतिशतले बढेको पाइएको छ । सबैभन्दा बढी मध्याञ्चल क्षेत्रको हिमाली जिल्लाहरुमा यस्तो प्रभाव देखिएको पाइएको छ ।

यो अनुसन्धानका लागि टोलीले ७५ वटै जिल्लाबाट हरेक महिना आएका झाडापखालाका केश, देशका विभिन्न भागमा राखिएको ताप मापक यन्त्रको प्रतिवेदनको सहयोग लिएको जनाएको छ । ‘त्यसले हामीलाई तापक्रममा कसरी परिवर्तन आइरहेको छ र केश कसरी बढीरहेको छ भन्ने देखाउन सजिलो भयो,’ डा रिमालले भने ।

परिषदका सदस्यसचिव डा खेम कार्कीले जलबायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असरका बारेमा यसरी अध्ययन गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र भएको बताए । उनले पछिल्लो समय नसर्ने रोगको जोखिम बढीरहँको बताइरहँदा जलबायु परिवर्तनले झाडा पखलाजस्ता सरुवा रोग निमिट्यान्न पार्न समेत कठिनाई भईरहेको पाइएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *