भूकम्प प्रभावित दृष्टिविहीन बालबालिकाको सहयोगार्थ बृहत सांगितिक कार्यक्रम हुँदै

काठमाडौँ, १ पुस – भूकम्प प्रभावित दृष्टिविहीन बालबालिकाको सहयोगार्थ सांगितिक कार्यक्रम हुने भएको छ । नेत्रहीन युवा संघ र मार्क इन्टरटेनमेन्ट एण्ड इभेन्टस् प्रालिको आयोजनामा आगामी ९ पुसका दिन खुल्ला मञ्च टुँडिखेलमा कार्यक्रम हुने भएको छ ।
सो दिन दिउसो ३ बजे हुने कार्यक्रममा १९७४ एडी, कुटुम्ब व्याण्ड, क्रमश तथा दृष्टिविहीन राष्ट्रिय कलाहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
भूकम्प गएको डेढ बर्ष वितिसक्दा समेत प्रभावित जिल्लाका दृष्टिविहीन बालबालिकाहरुको शिक्षा स्वास्थ्यमा खासै ध्यान नदिएको भन्दै संघले प्रभावित क्षेत्रका बालबालिकालाई सहयोग पुरयाउन सांगितिक कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
कार्यक्रम संयोजक रामचन्द्र गैरेका अनुसार कार्यक्रममा उठेको रकमबाट शैक्षिक सामग्री, सहायक सामग्री खरीद गरी उनीहरुलाई सहयोग गर्ने तथा मनोविमर्स जस्ता कार्यक्रम अघि बढाउने बताए ।
डेढ बर्ष अघिको भूकम्पले १६ जिल्लाका १२१ छात्रा, १५४ छात्र गरी २७५ जना दृष्टिविहीन बालबालिकाहरुलाई प्रत्यक्ष प्रभाव पारेको छ । उनीहरुमध्ये कतिपयले अभिभावक गुमाएका छन भने कतिपय घरबारविहीन भएका छन् । कतिपयका अभिभावक अंगभंग भएका छन् ।
नेत्रहीन युवा संघ नेपाल देशैभरि छरिएर रहेका दृष्टिविहीन तथा न्युन दृष्टियुक्त युवाहरुको हक हित र अधिकारको सम्वर्धन गर्नका लागि वकातल गर्ने एक अधिकार मुखि संस्था हो । यस संस्थाका सम्पुर्ण सदस्यहरु पुर्ण दृष्टिविहीन ताथ न्युन दृष्टियुक्त युवाहरु रहेका छन ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

