विप्लव समूहको अखिल क्रान्तिकारीद्धारा मेडिकल काउन्सिलमा तालावन्दी

काठमाडौँ, ३० मंसिर – नेकपा माओवादी विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेको छ । दिउसो १ बजे तिर आएका चार पाँच जनाले कर्मचारीलाई बाहिर निकाली तालबान्दी गरेका हुन् ।

उनीहरुले बाहिरको मुख्य गेट र भित्रको गेटमा गरी दुई ठाँउमा तालाबन्दी गरेको काउन्सिल रजिष्ट्रार डा दिलीप शर्माले बताए । ‘म बाहिर थिएँ, दिउसो विप्लब समूहको विद्यार्थी संगठनबाट आएर कर्मचारी बाहिर निकाली तालबन्दी गर्ने काम भएछ’ डा. शर्माले भने ।

मेडिकल कलेजहरुले मनपरी शुल्क लिइरहँदासम्म काउन्सिल चुप लागेर बसेको भन्दै तालाबन्दी गरेको बताइएको छ । डा शर्माले बार्ताबाट समस्याको समाधान निस्कने विश्वास व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *