चिया पिउँदा हुन्छन् यी फाइदा

विहानै उठेदेखि राती नसुत्दासम्म तपाईँ कति कप चिया खानुहुन्छ ? यदि तपाईँले निश्चित मात्रामा खानुभयो त्यसले हानी होइन लाभ पुरयाउँछ । चिया र स्वास्थ्यबीच राम्रो सम्बन्ध रहने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । हेरौँ ती अध्ययनहरुका निचोड :
- कफीको तुलनामा चियाले शरीरलाई धेरै हित गर्छ । ८ महिनाअगाडि ८ लाख ५० हजार मानिसमा गरिएका २२ वटा अध्ययनमा दैनिक थप तीन कप चिया खानेमा मुटु रोगमा २७ प्रतिशतले घटेको, हृदयघात १८ प्रतिशत, कुल मृत्युदर २४ प्रतिशत, रक्त प्रवाहजन्य समस्यामा १६ प्रतिशतले कमी आएको जनाइएको छ ।
- ८ लाख मानिसमा गरिएको बृहत् अध्ययनमा चिया खाने व्यक्तिको कलेजोमा क्यान्सर, कलेजोसँग सम्बन्धित अन्य रोग लाग्ने सम्भावना अत्यन्त न्यून हुन्छ । अर्थात् चियाले कलेजोलाई सशक्त बनाउँछ ।
- दिनको दुई/तीन कप चियाको नियमित सेवनले डिप्रेसनबाट जोगाउँछ । सन् २०१५ मा बेलायतका २३ हजार मानिसमा गरिएको एक अध्ययनमा दैनिक तीन कप चिया खाने मानिसमा २३ प्रतिशतले डिप्रेसनको खतरा घटेको थियो ।
- चियाले हृदयघात र मुटुसँग सम्बन्धित समस्याबाट मुक्त गर्छ । अध्ययनअनुसार दिनमा कम्तीमा तीन कप चिया खाने मानिसमा दैनिक १ कप चिया खाने मानिसलाई भन्दा हृदयघातको खतरा धेरै नै न्यून हुन्छ ।
- चियाबारे गरिएको अर्को एक अध्ययनमा दैनिक थप दुई कप चिया खाने मानिसमा डायबिटिजको मात्र ४ दशमलब ६ प्रतिशतले घट्ने गर्छ । अध्ययनअनुसार ग्रिन टी खाने महिलामा पाठेघरको क्यान्सरको खतरा न्यून हुन्छ ।
- सन् २०११ मा गरिएको अध्ययनले कालो चियाभन्दा ग्रिन टी खाने मानिसमा प्रोस्टेट क्यान्सर हुँदैन ।
– एजेन्सीको सहयोगमा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



