कर्णालीका स्वास्थ्य चौकीमा कुपोषणको उपचार सेवा सुरुहुने

फाइल तस्बिर
फाइल तस्बिर, कुपोषणले ग्रस्त एक कालिकोटकी बालिका

काठमाडौं, ४ मंसिर –  स्वास्थ्य मन्त्रालयले कर्णालीका बालबालिकामा देखिनसक्ने कडा खालको कुपोषणको उपचारका लागि अञ्चलका सबै स्वास्थ्य चौकीमा बहिरंग सेवा सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले पहिलो चरणमा अञ्चलका ५० वटा स्वास्थ्य चौकीमा कडा खालको कुपोषणको शिघ्र उपचार केन्द्र स्थापना गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले आगामी तीन महिनाभित्र अञ्चलभरी पोषण कार्यक्रम लागु गर्ने समेत जनाएको छ ।

सो कार्यक्रममा महिला स्वयंसेविका मार्फत जनचेतना तथा कुपोषणको पहिचान र समाधानको लागि पहल गर्ने जनाएको छ । मन्त्रालयले ५० वटा स्वास्थ्य चौकीमा कुपोषणको उपचारको लागि तयारी खाना पु¥याउने र केही स्थानमा सर्वोत्तम पिठो उपलब्ध गरिरहेको छ ।

कुपोषण भएका बालबालिका उपचार गर्न आउदा यातायात खर्च र विरामी कुरुवाको लागि समेत केही सहुलियत दिने महाशाखाको तयारी छ ।

महाशाखा अन्तर्गतको पोषण शाखाले कुपोषण भएका बालबालिकाको उपचारको लागि ७५ वटै जिल्ला अस्पतालमा एक एक लाख बराबरको कुपोषण उपचार कोष समेत स्थापना गर्ने बताएको छ ।

पोषण शाखाका अहिले सम्म प्राप्त विवरणहरुका अनुसार कुपोषणका बालबालिका सवै भन्दा धेरै कञ्चनपुर र सप्तरीमा बढी देखिएको छ ।

कुपोषण भएकाहरु मध्ये हाल सम्म४० हजारजनाले अस्पतालमा उपचार गराएका छन् । नेपालमा सन् २०१० देखि पाँच जिल्लाबाट कुपोषणविरुद्धको अभियान सुरु भएको पोषणशाखा प्रमुख राजकुमार पोखरेलले जानकारी दिए ।

बर्दिया, अछाम, कञ्चनपुर, मुगु र जजरकोटबाट सुरु भएको अभियानअहिले जुम्ला, कपिलबस्तु, सर्लाही, सप्तरी, धनुषा, ओखलढुङ्गा, कालिकोट, हुम्ला, डोल्पा, बझाङ्ग, बाजुरा, बैतडी र डडेलधुरामा सञ्चालन भईरहेको छ ।

दीर्घ कुपोषणबाट नेपालमा ५ वर्षमुनीकाकरिव ४१ प्रतिशत बालबालिकाहरू ग्रस्त रहेकाछन् । कमतौल, पुड्कोपन, ख्याउटेपन लगायतका लक्ष्यण देखिएकालाई कुपोषण भएको मानिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *