बनाउने हैन त गुलाबी ओठ ?
गुलाबी ओठ बनाउन कसलाई मन हुँदैन र ? तर, प्रकृतिले सबैलाई त्यस्तो ओठ दिएको हुँदैन । कृत्रिम नै भए पनि यस्तो ओठ बनाउन महिलाहरू विभिन्न खालका कस्मेटिक सामाग्री खरिद गरेर प्रयोग गर्ने गरेका छन् ।
घरभित्र नै पाइने चिज प्रयोग गर्दा पनि ओठलाई गुलाबी बनाउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा छैन । आउनुहोस्, तपाईंको ओठलाई गुलाबी बनाउन यी कुराले मद्दत गर्न सक्छ :
- बेलुका सुत्नुअगाडि कागतीको रस ओठमा लगाउनुहोस् । तर, यो प्रक्रिया कम्तीमा दुई महिना निरन्तर गर्नुपर्ने हुन्छ ।
- विटरुट (रातो मुला)को रस बनाएर लगाउँदा पनि ओठमा गुलाबी रङ आउँछ । यसमा प्राकृतिक रूपमा नै रातो रङ हुने हुनाले यसले गुलाबीपना बढाउँछ र ओठमा भएको कालोपनलाई पनि हटाउँछ ।
- सुन्तलाको ताजा बोक्रालाई ओठमा रगडे यसको रसले ओठलाई मुलायम बनाउनका साथै राम्रो बनाउँछ ।
- नरिवलको पानी, काँक्राको रस र कागतीको रस मिसाएर ओठमा लगाउँदा ओठमा भएको कालोपन हराउँछ ।
- बेसारको धुलोलाई केही समय ओठमा लगाएर धुने गर्दा ओठको कालोपन हट्छ ।
- अनारलाई पिसेर मसिनो बनाई ओठमा केही दिन लगाउँदा यसले गुलाबी बनाउन मद्दत गर्छ र सुन्दरता पनि बढाउँछ ।
- सुत्नुअघि गुलाबजल र ग्लिसिरिन मिलाएर ओठमा लगाउँदा यसले सौन्दर्यमा निखार ल्याउँछ ।