मधुमेह (चिनीरोग) भएकाहरुले ध्यान दिनैपर्ने आठ कुरा

diabetes

नसर्ने रोगको सूचीमा प्रमुख रुपमा आउँछ मधुमेह रोग । सामान्य सावधानी अपनाउनसके नियन्त्रण गर्न सकिने यो रोग खानपान र जीवनशैलीका कारण बढी देखिने गरेको छ । यसलाई व्यवस्थित गर्न सके यो रोगबाट छुटकारा पाउन सकिन्छ । कसरी गर्ने व्यवस्थित ?

१. चिनी र चिनीबाट बनेका परिकार नखाने ।
२. धूमपान, सूर्तिजन्य पदार्थ मद्यपान जस्तैः रक्सी, चूरोट, खैनी, बिडी आदि सेवन नगर्ने ।
३. नून र चिल्ला कम खाने ।
४. खानासंगै सलाद, हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।
५. गहुँ, मकै, कोदो, फापरबाट बनेका परिकार खाने ।
६. शारिरीक व्यायामः दैनिक १ घण्टा हिंड्ने, खेतबारीमा हल्का काम गर्ने, सामान्य खेलकूदमा सहभागी हुने ।
७. योगासन, ध्यान, प्राणायाम गर्ने ।
८. लामो समय सम्म भोकै नबस्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *