स्वास्थ्यकर्मीलाई अमानवीय तरिकाले माफी मगाएको भन्दै डाक्टरहरुद्धारा आपत्ती

charikot

काठमाडौँ, ११ असोज – दोलखास्थित चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माफी मगाएको चार दिनपछि डाक्टरहरुको दुईवटा छुट्टा छुट्टै संस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । तर चिकित्सकहरुको साझा संस्था भनिने नेपाल चिकित्सक संघले भने यो केशको बारेमा अहिलेसम्म मौन बसेको छ ।

संस्था न्याय हेल्थले जिम्मा लिएर सञ्चालन गर्दै आएको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका भीमेश्वर नगरपालिका १० घर भएका नवराज रिजालका अढाई बर्षे छोरा महादेव रिजालको गत शुक्रबार मृत्यु भएको थियो ।

झाडा पखला भएर ल्याएका बालकको मृत्यु भएपछि तिनका आफन्तले डाक्टरको लापरबाहीका कारण ज्यान गएको भन्दै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले चिकित्सकको लापरबाही भएको भन्दै माफी नमागेसम्म लास नबुझ्ने अडान सहित हुलहुज्जत गर्ने प्रयास गरेपछि जिल्ला प्रशासनकै रोहबरमा डाक्टर सहित सबै स्वास्थ्यकर्मीलाई माफी माग्न लगाइएको थियो ।

सोही अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीले मृतकका आफन्तको निर्देशन अनुसार निरीह हुँदै माफि मागेका थिए । सोही भिडियो सामाजिक संञ्चाजमा भाइरल भएपछि सरकारी चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले विज्ञप्ती जारी गर्दै आपत्ती प्रकट गरेका हुन् ।

उनीहरुले कानूनी राज्यको उपहास गर्दै जवरजस्ती अमानवीय ढंगले माफी माग्न लगाएको र प्रशासन मुक दर्शक भएको भन्दै आपत्ती जनाएका हुन् । यी दुई संगठनले कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा उद्धार गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्यकर्मीलाई अमानवीय तरिकाले माफी मगाएको भन्दै डाक्टरहरुद्धारा आपत्ती

  1. Galti gareko pani huna sakx. Aaajkal kaa doctor haru maa attitude ko sarai problem dekhinu kaa saathai matra MBBS pass gareka haru le medicine ko dose pani farak pareka hunchan. Tyo ek paato rahyo. Yeto testo bhayeko khanda maa pani kanoon afno hath maa linu upyukta hunthena. uni harulai mudda halera nispakshya chanbin ko laagi aagrah garnu parne.

Leave a Reply to Rajan SIngh Cancel reply

Your email address will not be published. Required fields are marked *