ग्राण्डी अस्पतालमा बेरियाट्रिक तथा मेटाबोलिक सर्जरी शुरु
काठमाडौँ, २४ भदौ – धापासीमा रहेको ग्राण्डीअन्तर्राष्ट्रिय अस्पतालमा बेरियाट्रिक तथा मेटाबोलिक सर्जरी (मोटोपना नियन्त्रण गर्ने शल्यकृया) शुरु भएको छ ।गत साउन ३० गते आइतवार पहिलो पटक बेरियाट्रिक सर्जरी सफलतापुर्वक सम्पन्न गरेसँगै यो सेवा शुरु भएको अस्पतालले जनाएको छ ।
काठमाडौं, तारकेश्वर नगरपालिका बालाजु काभ्रेस्थलीकी बिन्दु पन्तको बेरीयाट्रिक सर्जरी गगरी यो सेवा शुरु गरिएको हो ।सर्जरी टिममा डा.राकेश साह नेतृवको टिममा,डा। नरेन्द्र महर्जन संलग्न थिए। भएको थियो भने एनेस्थेसिया बिभागवाट डा.मुरारीराज उप्रेती र डा. अर्चन अधिकारीले साथ दिएका थिए । पन्तको बेरियाट्रिक सर्जरी गर्न चिकित्सकहरुको टोलीलाई दुई घण्टा समय लागेको टोली प्रमुख डा. राकेश साहले जानकारी दिए ।
सर्जरीका बारेमा जानकारी दिन शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले यस किसिमका बिशिष्ट उपचार सेवा आगामी दिनमा पनि थप्दै लैजाने र स्वास्थ्य उपचारकालागि बिदेश जानुपर्ने बाध्यताबाट आम नेपालीलाई मुक्तगर्ने आफुहरुको प्रयास जारी राख्ने प्रतिवद्धता दोहोरयाए ।
सर्जरी गरएकी बिन्दु पन्तका ज्वाई प्रदीप खड्काले अप्रेशन गर्नु अघि सासुआमालाई उच्च रक्तचाप, घुँडा दुख्ने, निन्द्रामा घुर्ने लगायत हिँडडुल गर्न समेत समस्या रहेको र उच्च रक्तचापको लागि पाँच बर्षदेखि औषधि सेवन गर्नुपरेको तर सर्जरी पछि ती सबै समस्या दूर भएको बताइन्।
अस्पतालका सीइओ डा. अशोक बर्दनले ग्राण्डीले यो सेवा सुरु गरेसंगै मोटोपना घटाउने बेरीयाट्रिक सर्जरीकालागि बिदेश गएर महँगो शुल्क तिर्नु पर्ने बाध्यताको अन्त्य भएको बताए । उनले देशमै उपलब्ध सेवाले आर्थिक भार समेत घटाएको जानकारी दिए ।
यो सर्जरीले मधुमेह,उच्चरक्तचाप, निन्द्रामा घुर्ने समस्या लगायतका बिभिन्न मेटाबोलिक रोगहरुका कारण उत्पन्न समस्याहरुको नियन्त्रणमा प्रभावकारी रहेको बताइएको छ ।
यस किसिमको मोटोपनालाई मोर्बिड ओविसिटि भनिने र यस किसिमको मोटोपना भएका हरुले बेरीयाट्रिक सर्जरी गरेपछि १०० जना मध्ये करिव ७५ जनाले उच्च रक्तचापको औषधि खानु नपर्ने डा. साहको भनाई छ ।
यदि मोटोपन सँगै मधुमेह पनि भएको खण्डमा १०० जनामा करिव ८५ जनाले यसको औषधि सेवन गर्नु नपर्ने उनको तर्क छ । यो सर्जरी दूरबिन (ल्याप्रोरोस्कोप ) को सहायतामा गरिने भएकोले सोहिदिन बिरामी हिंडडुल गर्न सक्छन्।
सम्पर्क इमेल : [email protected]