चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

पछिल्लो समय युवापुस्तामा चुरोट फेशन जस्तै बनेको छ । सामान्य चियापसल देखी सार्वजनिक स्थलसम्म खुलेआम चुरोट सेवन गर्ने युवापुस्ता अहिले पनि प्रशस्त भेटिन्छ । जो चिन्ताको विषय हो । किनभने जो युवा चुरोट सेवन गर्न थाल्छ उसले आफ्नो जीवन त बिगार्छ बिगार्छ साथ साथै परिबार समाज र देशका लागि समेत बोझ बन्न थाल्छ ।  त्यसैले आज हामी तपाईँलाई आजैबाट चुरोट त्याग्न सल्लाह दिदै १० बर्षसम्म के कस्ता अवस्था फेस गर्नुपर्छ भनेर जानकारी समेत दिनेछौँ ।

quite smoking

चुरोट छाडेको २० मिनेट पछि : चुरोट खाँदा जसरी मुटुको चाल तथा रक्तचाप बढ्ने गर्छ खान छाडेको २० मिनेट पछि नै मुटुको चाल तथा रक्तचाप सामान्य अवस्थामा आउछ । यो संगै शरीरका अन्य सिस्टममा समेत आफसे आफ ठिक भएर जान्छ ।

२ घण्टा पछि :  चुरोट खान छाडेको दुई घण्टा पछि शरीरले निकोटिनको खोजी गर्न थाल्छ । यस्तो अवस्थामा आलस्य हुने , तनाव हुने , निन्द्रा लाग्ने तथा के खाउ के खाउ अथवा भोक लाग्ने जस्ता समस्या हुन सक्छ ।

१२ घण्टा पछि : चुरोट छोडेको १२ घण्टा पछि शरीरमा कार्वन मोनोअक्साइडको लेभल विस्तारै कम हुँदै जान्छ । यसले रगतमा अक्सिजनको लेभल सामान्य अवस्थामा ल्याउन मद्धत गर्छ र शरीरको क्रियाकलाप समेत ठिक हुन्छ ।

२४ घण्टा पछि  : चुरोट छोडेको २४ घण्टा पछि शरीरमा निकोटिनको मात्रा कम हुन थाल्छ । यसले हृदयघातको सम्भावना केही कम हुन्छ ।

४८ घण्टा पछि  : चुरोट छाडेको ४८ घण्टा पछि शरीरको ब्रोन्कियल ट्युवको आमार मिल्न थाल्छ । यसले शरीरमा इनर्जी लेभल बढाउन मद्धत मिल्छ ।

३ दिन पछि : चुरोट छोडेको तीन दिन पछि शरीरबाट निकोटिन पूर्णरुपमा बाहिरिन्छ । यस अवधीमा टाउको दुख्ने, छटपटी लाग्ने, पसिना आउने तथा तनाव हुने जस्ता समस्या हुन्छन् । यो अवधीमा पुर्न चुरोटको लतमा फर्किन समेत मन लाग्छ । त्यसैले एकदमै आत्मबल दह्रो बनाउन जरुरी छ ।

२ हप्ता पछि  : चुरोट छाडेको दुई हप्ता पछि शरीरमा रक्तसञ्चार प्रक्रिया समान्य हुन थाल्छ । शरीरबाट ९० प्रतिशतसम्म निकोटिन बाहिर निस्किसकेको हुन्छ । र फोक्सोले समेत सही तरिकाबाट काम गर्न थाल्छ ।

९ महिना पछि : चुरोट छोडेको नौ महिना पछि फोक्सोमा रहेको सारा विकारका बस्तुहरु बाहिर निस्कन्छ । जसले गर्दा स्वासप्रस्वासमा समेत कुनै किसिमको समस्या हुदैन् ।

१ बर्ष पछि : चुरोट छाडेको एक बर्ष पछि मुटुजन्य रोग लाग्ने समस्या ५० प्रतिशतले कमि भएर जान्छ ।

५ बर्ष पछि : चुरोट छाडेको ५ बर्षपछि मुटु र फोक्सो चुरोट नखाने व्यक्तिको जस्तै नर्मल अवस्था आउछ । यसले मुटु तथा क्यान्सर रोगको सम्भावना पनि कम हुन्छ ।

१० बर्ष पछि :  चुरोट छाडेको १० बर्ष पछि मुखको क्यान्सर, जिब्रोको क्यान्सर, घाटीको क्यान्सर, फोक्सोको क्यान्सर, मिर्गौला क्यान्सर, पेन्क्रियाटिक क्यान्सर जस्ता गम्भीर रोग लाग्ने सम्भावना एकदमै हटेर जान्छ । जसले गर्दा तपाईँको उमेर थप १० बर्ष बढ्न सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *