वर्षाको समयमा कपालको हेरचाह कसरी गर्ने ?

hair1
वर्षाको पानी प्रदूषणयुक्त हुने भएकोले वर्षाका कारण केश भिजे तुरुन्तै माइल्ड खालको स्याम्पुले ह्यान्डवास गर्नुपर्छ । हेयर कलर प्रयोग गर्नुहुन्छ भने त्यसबाट केशको रंग र टेक्सचर दुवै प्रभावित हुन्छ ।

यो मौसममा प्रदूषणका कारण केशमा मिनरल्स जम्मा हुन्छ र केश कमजोर हुन्छ । पसिनाका कारण कतिपय मानिसको शिरमा फंगल इन्फेक्सन हुन्छ । जुन डेन्ड्रफको सबैभन्दा ठूलो कारण बन्छ । त्यसैले यो मौसममा हरेक दोस्रो दिन कुनै राम्रो गुणस्तरको एन्टी डेन्ड्रफ स्याम्पुले केश धुनुपर्छ ।

मेथीको दाना तथा निमको पात पिसेर त्यसमा प्याजको रस मिसाई केशमा प्रयोग गरेर स्याम्पु गर्दा डेन्ड्रफबाट राहत प्राप्त हुन्छ । शिरको छालाको इन्फेक्सन र डेन्ड्रफबाट जोगिन आफ्नो काइँयो, रुमाल र तकिया अलग राख्नुपर्छ र ती कुराको सफाइमा समेत विशेष ध्यान पुर्याउनुपर्छ । केश धुँदा यी तीन कुरा पनि राम्रो एन्टिसेप्टिक घोलमा आधा घन्टा डुबाएर राखेपछि घाममा सुकाएर प्रयोग गर्नुपर्छ ।

केशलाई घाम एवं प्रदूषणबाट जोगाउन घरबाहिर घाम–पानीमा निस्कदा छाता ओढ्नुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *