सर्पदंशका बिरामी बचाउन मुस्किल

snake bite

नवलपरासी, २ साउन – नवलपरासीमा सघन उपचार कक्ष (आइसियु) सेवा प्रदान गर्ने अस्पताल नहुँदा सर्पदंशका बिरामीले दुःख पाएका छन् ।

सघन उपचार कक्षमा उपचार गरिनुुपर्ने बिरामी जिल्ला बाहिर पठाउँदा बाटामै ज्यान जाने जोखिम छ । वैशाखदेखि असोजसम्म नवलपरासीमा विषालु सर्पको डसाइका बिरामी अत्यधिक हुने गर्छन् । करेत र गोमन प्रजातिका सर्पको डसाइले यहाँका बासिन्दाको ज्यान जाने गरेको छ । वैशाखयता नवलपरासीमा झन्डै ४५०को हाराहारीमा सर्पले डसेको भन्दै अस्पताल आउनेको सङ्ख्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कालीगण्डकी सामुदायिक अस्पताल कावासोतीका सर्पदंश विशेषज्ञ डा. छविलाल थापाले त्रिवेणीमा अझ विषालु रसयल भाइपर प्रजातिको सर्पको डसाइका बिरामी भेटिने र त्यसको उपचार जटिल भएको बताए।

सर्पले डसेका बिरामीमध्ये ९० प्रतिशत अविषालु सर्पले डसेका पर्छन्, १० प्रतिशत विषालु हुन्छन् । कालीगण्डकी अस्पतालले शल्यक्रिया सेवा गरेसँगै सघन उपचार कक्ष सेवा सुरु गर्ने जनाएको छ । “तत्कालका लागि ‘प्रोटेवल भेन्टिलेटर’ को व्यवस्था गर्न लागेका छौँ ”– डा. ले भने ।

नवलपरासीको पृश्वीचन्द्र जिल्ला अस्पताल परासी, नेपाली सेनाको त्रिवेणी ब्यारेक र कालीगण्डकी सामुदायिक अस्पताल कावासोतीमा सर्पदंशको उपचार हुने गरेको छ । कालीगण्डकी सामुदायिक अस्पतालमा सर्पदंश विशेषज्ञ डा थापाबाट बिरामीले सेवा पाउने गर्छन् । सर्पदंशका लागि नेपालकै विशेषज्ञ डा. थापा यहाँ भए पनि सघन उपचार कक्ष सेवा अस्पतालमा नहुँदा सर्पदंशका बिरामीलाई चितवन पठाउनुपर्ने अवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *