तुलसीका लाभदायी गुण

tulasi ko path

तुलसी प्राय सबैको घरघरमा रोपिएको देख्न सकिन्छ । हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पुजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

तुलसीको सफा पातलाई पिँधेर त्यसमा ५–१० मिलि मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ ।

साधारण पेट दुखाइमा, कब्जियत हुँदा, खान मन नहुँदा रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ ।

मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बिउलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ ।

विषम ज्वरो वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ ।  केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातो पानीसँग पनि सेवन गर्नसकिन्छ । जसले साधारण रुघाखोकी हुनबाट जोगाउँछ ।

किटाणुनाशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

तुलसीको पातलाई धूलो पाउडर बनाई नरिवलको तेलमा मिलाएर लगाउनाले कपाल झर्ने समस्याबाट मुक्ति मिल्नुका साथै कपाल स्वस्थ रहन मद्दत मिल्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *