अख्तियारले कब्जामा लिएको भनिएको पीजी परीक्षाका लागि केयुको निर्णय यस्तो थियो

रामप्रसाद न्यौपाने/काठमाडौँ, २१ असार – गत जेठ १५ गते काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजमा भएको एमडी एमएस एमडीएस कार्यक्रमको प्रवेश परीक्षालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कब्जामा लिएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

सोही विषयलाई लिएर त्रिवि शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाई हटाउनुपर्ने माग राख्दै अनसन बस्ने घोषणा समेत गरिसकेका छन् ।

अख्तियारको कब्जामा परीक्षा भएको खबर सार्वजनिक भइरहँदा काठमाडौँ विश्वविद्यालयले कुनै प्रतिक्रिया नदिएको भन्दै केयुका सिनेट सदस्य एवं शिक्षाविद् केदारभक्त माथेमाले समेत राजिनामा दिएका छन् ।

अख्तियारले भने आफूलाई परीक्षामा हुने अनियमिताका असिमित उजुरी परेपछि नेपाल मेडिकल काउन्सिललाई आवश्यक कार्य गर्न निर्देशन दिएको र निपक्ष परीक्षाका लागि आफूले सहयोग गरेको दावी गरेको छ ।

तर यतिका कुरा बाहिर आँउदासमेत जिम्मेबार निकाय नेपाल मेडिकल काउन्सिल र काठमाडौँ विश्वविद्यालयले अहिलेसम्म मुख खोलेका छैनन् । यसले अख्तियारले परीक्षालाई कब्जामै लिएको रहेछ भन्ने लगभग अडकल काट्न मिल्छ । तर नेपालीहेल्थ प्राप्त पछिल्लो दुई वटा डकुमेन्टले भने त्यो अडकललाई समेत पाखा लगाएको छ ।

काठमाडौँ विश्वविद्यालयका रजिष्टार डा. भोला थापा, डीन डा. नरेन्द्रबहादुर राणा र एसोसियट डीन प्राज्ञिक डा. भागवतप्रसाद नेपालको उपस्थितिमा १३ गते बसेको बैठकले १५ जेठमा हुने भनिएको एमडीएमएस र डीएमएस प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको गुनासा आएको भन्दै नयाँ प्रश्नपत्र बनाउने निर्णय गरेको उल्लेख छ ।

सो निर्णयमा केयुएसएमएस क्वेशन बैकबाट छनौट गरी निर्माणका लागि विशेषज्ञ टोली गठन गर्ने निर्णय भएको उल्लेख छ । अझ माइनुटमा विज्ञहरुलाई सो बापत पारिश्रमिक स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले निर्णय गरे बमोजिम हुने समेत उल्लेख छ । सो बैठकले विज्ञ टोलीमा डा. शशी शर्मा, डा. सुवोध अधिकारी, डा. निलमणी उपाध्याय, डा. ऋषिकेश नारायण श्रेष्ठ, डा.सरोज श्रेष्ठ, डा. सुप्रभात श्रेष्ठ, डा. हिरा तुलाधर र डा. प्रकाश डंगोल रहने उल्लेख छ ।

अर्को पत्रमा १५ जेठमा परीक्षा सम्पन्न गरी राती सवा १० बजे विज्ञटोलीका तर्फबाट भन्दै डा. सुप्रभात श्रेष्ठ र डा. अंकुर शाहले एसोसियट डीन डा. भागवत प्रसाद नेपाललाई बरबुजारथ गरेको उल्लेख छ ।

तर अहिलेसम्म यो माइनुट न सार्वजनिक गरिएको छ । न त केयुले हामीले नै विज्ञ टोली बोलाएर परीक्षा लिन लगाएको हो भन्न सकेको छ । परीक्षाका बेला काउन्सिल रजिष्टार डा दिलीप शर्मा पनि केयुमा त पुगे तर उनले पनि खुलेर यसको बारेमा बोल्न सकेका छैनन् । केयुका पदाधिकारीको माइन्युट हेर्दा लाग्छ यो सामान्य र नियमित प्रक्रिया हो ।

हेरौ परीक्षाका लागि केयुका पदाधिकारीले गरेको माइनुट र बरबुझारथको पत्र

minute k u

ku2

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

4 thoughts on “अख्तियारले कब्जामा लिएको भनिएको पीजी परीक्षाका लागि केयुको निर्णय यस्तो थियो

  1. नेपालको मेडिकल शिक्षा कुन दिशा तिर जाँदैछ । कहिले नक्कली डाक्टर, कहिले माफिया, कहिले सम्वन्धन, कहिले अनसन, अव अख्तियारको हस्तक्षेप । अब फेरी के के हो के के । आरोप प्रत्यारोप आदि आदि । एउटाले हो भन्छ अर्कोले होइन भन्छ , कुरा चपाउछ । चिकित्सक चिकित्सक बीच लडाउछ । दाउ पर्खेर बसेकाहरुले त्यसैको फाइदा उठाउछ । बोल्न पर्ने बोल्दैन । नबोल्न पर्ने बोलिरहन्छ । यसो उसो गरयो लफडै लफडा । यस्तो तालले कहिले सुध्रेला नेपालको मेडिकल शिक्षा ? कहिले बन्ला देश..?

  2. अनि रामप्रसाद जि लाइ कसरि मिलेछ त त्यस्तो डकुमेन्ट?? लोकमान यसरि अत्तालिएको छ कि हेर्ने जनतालाइ रमाइलो।। अन्तरआत्मा नमार्नुस नेउपाने जि, लोकमानको दलाली छाड्नुस।। केयू डुवाउने यि भागवत नेपाल र नरेन्द्र राणाविरूद्द अव जनकारवाहीको विकल्प छैन।।

  3. आफूले अपेक्षा गरेको समाचार नआउने वित्तिकै माफिया वा दलाल वा त्यस्तै त्यस्तै उपमा दिनु भनेकै डा केसी प्रवृत्ति हो । अनसन बसी स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउने सुर गर्दै गर्दा आएको यो समाचारले केसीका अन्धभक्त पण्डित जीहरु तिल्मिलाउनु नि स्वभाविक नै हो । यसो भन्दैमा म लोकमान ठिक हो र लोकमानले जे गरयो ठिक गरयो भन्ने पक्षमा पटक्कै छैन् । कुरा के मात्रै हो भने यो समाचारले अख्तियारको कब्जा भन्ने गरी जुन एकपक्षीय ढंगले समाचार आइरहेको थियो । त्यस्तो होइनछ भन्ने प्रश्ट गरेको छ । रामप्रसाद जीले लेखेको समाचारमा न लोकमान ठिक हो भनिएको छ न त केसीको विरोध गरिएको छ । मात्रै लुकाइएको डकुमेन्ट देखाइएको छ । यसमा पण्डित जीहरु किन बुरुक्क हुनुभयो आश्चर्य लाग्छ ।

  4. 2001 dekhi Higher secondary bord nepal ko bord ko nakali certificate banaye bangladesh gpt 8 bayaer gayer chha gush NMC ma diyera chhap lagayer admission liyechha .NMC and duplicate Higher secondary bord nepal certificate bala ko karbahi hunu perchha – ghusa khayera NMC KO MEBER LE padhana pataye chha .nakali certificate bala ani NMC ko member ghusa khayer pathaune lai karbahi jail pathaunu perchha…Higher secondary bord nepal ko sabai certificate check hunu perchha …

Leave a Reply to जीनव थापा Cancel reply

Your email address will not be published. Required fields are marked *