यी हुन् थकाइ कम गर्ने उपाय

thakae

१. शरीरमा उर्जाको कमीले थकाइ महसुस हुन्छ । त्यसलाई कम गर्न प्रशस्त मात्रामा प्रोटीनयुक्त खाना खानु आवश्यक हुन्छ ।

२. दिनभर थोरै थोरै पानी पिउनु तथा कुनै तरल पदार्थ पिउनाले शरीरका हानीकारक तत्व बाहिर निस्कन्छ र शरीरमा शक्ति पैदा हुन्छ जसले थकाइ कम गर्न मद्दत मिल्छ ।

३. प्रशस्त मात्रामा कार्बोहाइड्रेटयुक्त खानाको सेवन गर्नु आवश्यक हुन्छ । साथै मौसम अनुसारका फलफूलहरुको सेवन गर्नु फाइदाजनक हुन्छ ।

४. दुधसंग मह मिलाएर पिउने गर्नाले शरीरमा शक्ति पैदा हुन्छ र थकाइ लाग्नबाट बचाउँछ ।

५. नियमित रुपमा दैनिक ७ देखि ८ घण्टा निदानु जरुरी हुन्छ । निन्द्राले शरीरमा पर्याप्त शक्ति मिल्छ । कम निदाउनाले शरीरको तौल पनि बढ्छ र शरीर थकित महसुस हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *