अनसन घोषणा गरेका डा. केसीलाई डा. शशिको खुल्ला पत्र !

मित्र गोविन्द केसी ज्यू,
नमस्कार !
अनसन श्रृङखलाको नयाँ भाग फेरी केही दिनमा सुरु हुनसक्ने हजुरको घोषणा विभिन्न सञ्चारमाध्यमबाट थाह पाएँ । सञ्चारमाध्यमबाटै यो पटक अनसन बस्नु पर्नाको कारण पनि थाह पाएँ । तर अचम्म लागेन । किनकी अनसन तपाईँको प्रयाय बनिसकेको छ ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै त्रिवि शिक्षण अस्पतालमा अनसन सुरु गरेको अहिले ढाई तीन बर्ष वितिसक्यो । त्यसयता अनसन बस्ने र तोड्ने श्रृङखलाको पनि सातौँ आठौँ भाग पुगिसक्यो जस्तो लाग्छ । यसबीच तपाँईले उठाएका पुराना माग कति पुरा भए वा भएनन् त्यो त जगजाहेर नै छ तर हरेक पटक नयाँ नयाँ फण्डा ल्याएर अनसन सुरु गरिहाल्नु हुन्छ । तपाईँको यो खुबिलाई भने मान्नै पर्छ ।

dr. shashai sharma
प्राडा शशी शर्मा

डा. केसी !अनसन बस्ने वा नबस्ने त्यो हरेक व्यक्तिको अधिकारको कुरा मानिएला । त्यो मानेमा तपाँई जतिपटक अनसन बस्न पनि पाउनुहुन्छ । अनसन बस्ने तपाईँको अधिकार छ । तर तपाईँ जत्तिको विद्धानले आफ्नो अनसनले अरुको अधिकारमा दख्खल पुगेको छ कि भन्नेमा कम्तीमा हेक्का राख्नै पर्छ । जुन यसअघिका कुनै अनसनमा देखिएन ।

यसअघिका अनसनले आम सर्वसाधारणको स्वास्थ्य सेवा पाउने अधिकारको पटक पटक हरण भएको थियो । सर्वोच्च अदालतले अत्यावश्यक क्षेत्र भनेर किटान गरेको अस्पताल जस्तो सम्वेदनशील क्षेत्रलाई तपाईँले आफ्नो अनसनस्थल बनाउदै आउनुभयो । तपाईँकै कारणले पटक पटक अस्पतालको सेवा ठप्प भयो । हजारौँ विरामी तथा लाखौँ जनता त्यसको प्रत्यक्ष अप्रत्यक्ष मारमा परे र अस्पताललाई करोडौँ आर्थिक व्ययभार भयो ।अस्पतालमा उपचारका लागि गएको बखत सेवा नपाउँदा विरामी र तिनका आफन्तलाई पर्ने मानसिक तनाव त झन कति हो कति ।

डा. केसी !  धेरैलाई थाह नहुनसक्छ , तपाईँ र म संगै पढेका साथी पनि हौँ । चिकित्सा शिक्षा सुधारका लागि भन्दै तपाईँले थालेको अनसनको पहिलो र दोस्रो श्रृङ्खलामा म आफै पनि तपाईँको साथमा थिएँ । र तपाँईकै मुख्य डाक्टरको रुपमा काम गरेकै हुँ । त्यतिवेला तपाईँले मलाई इमान्दार बरिष्ठ डाक्टर भनेर सबैको अगाडी प्रसंशा समेत गर्नुहुन्थ्यो । तर केही समय पछि म नै तपाईको सबैभन्दा तारो बन्न पुगेँ । माफियाको मतियार बनेँ, कनिष्ठ बनेँ, त्यसबाहेक दर्जनौँ विशेषण प्रयोग गर्दै मेरो व्यक्तित्व लगातार आक्रमणमा परेँ । कारण तपाईँको निगाहमा डीनमा नियुक्ति भएको थिइन्, त्रिविको नियम कानून अनुसार नियुक्ति भएको थिएँ ।

खासमा म सुरुको तपाईँकै सहयोगी थिएँ । तर हरेक पटक असरल्ल माग अघि सार्ने, त्यसको राम्ररी सम्वोधन नहुँदै छाड्ने र फेरी अर्को अनसन थालिहाल्ने तपाईँको स्टायल मन नपरेर म बाहिरिएको हुँ । तर पाँचौ श्रृङ्खलामा आइपुग्दा तपाईँको अनसनको मुख्य तारो नै मै हुन् पुगे । मलाई लाग्छ तपाईँको अनसनको पहिलो देखी अहिलेसम्म प्राप्त एक मात्रै र सबैभन्दा महत्वपूर्ण उपलव्धी भनेको नै मलाई गैरकानूनी रुपमा हटाउनु भयो ।

तर पाँचौ श्रृङ्खलामा आइपुग्दा तपाईँको अनसनको मुख्य तारो नै मै हुन् पुगे । मलाई लाग्छ तपाईँको अनसनको पहिलो देखी अहिलेसम्म प्राप्त एक मात्रै र सबैभन्दा महत्वपूर्ण उपलव्धी भनेको नै मलाई गैरकानूनी रुपमा हटाउनु भयो ।

dr-govinda-kc
प्राडा गोविन्द केसी

डा. केसी ! तपाईँले आफ्नो अनसनको माग तथा उपलव्धी कत्तिको समिक्षा गर्नु भएको छ ? तर तपाईँका हरेक पटकका अनसनका माग र प्राप्त भएका भनिएका उपलव्धीहरुको मैले आफ्नो तर्फबाट लेखाजोखा गरेको छु । तपाईँले हरेक पटक तीन करोड जनताको लागि भन्दै गरिएको अनसनले न चिकित्सा शिक्षामा परिवर्तन भएको छ न त जनताले पाउने स्वास्थ्य सेवामा । परिवर्तन भएको छ त केवल तपाईँको परिचय । लगातारको अनसनले तपाईँ एउटा सेलिब्रेटी डाक्टर हुनुभएको छ त्यत्ति हो ।

डा. केसी ! तपाईँले हरेक पटकको अनसनमा तीन करोड जनताको नाम लिनुहुन्छ । अनि उपचारका लागि अस्पताल आएका विरामी र तिनका आफन्तसंग माफी माग्नुहुन्छ । के सधैभरी विरामी र तिनका आफन्तसंग माफीमागेर अस्पताललाई बन्धक बनाउन पाइन्छ ? सेवा ठप्प पार्न पाइन्छ ? हरेक पटकको अनसनमा अस्पतालको सेवा बन्द गराई पुरा गरिने माग ब्ल्याक मेलिङ होइन् ? तपाईँ भन्नुहोला आन्दोलनको बेला यस्तो हुन्छ । तर यो आन्दोलन एक पटक दुई पटकको होइन, पटक पटक अढाई तीन बर्ष देखि चल्दै आएको आन्दोलन हो । त्यो पनि अस्पताललाई ढाल बनाएर गरिएको लज्जास्पद आन्दोलन् ।

डा. केसी ! चिकित्सा शिक्षाका लागि भनिएका तपाईँका आन्दोलन व्यक्तिमा केन्द्रीत भयो । कसैको स्वार्थमा केन्द्रीत भयो । कसैबाट परिचालित भए जस्तो पनि देखियो । यसमा मलाई दुख लागेको छ । दुख यसमा लागेको छ कि तपाईँले गरेको अढाई बर्षे आन्दोलनले आइओएम वा शिक्षण अस्पतालले यो पायो, देशले यो पायो, वा जनताले यो पायो भनेर गर्बसाथ भन्ने दिन अझै आएन् ।

तपाईँ चिकित्सा शिक्षा आमुल सुधार र तीन करोड जनताका लागि भन्दै पटक पटक अनसन बस्नुभयो तर यो अवधीमा तपाईँ हामी कार्यरत यो शिक्षण अस्पतालमा कुनै सुधार आएन् । न फ्याकल्टीमा सुधार आयो । न ल्यावमा सुधार आयो । न अस्पतालको उपकरणमा सुधार आयो । न डाक्टर थपिए न त विरामीले अनसन पछि सहज सेवा पाए ।

त्यति मात्रै होइन मलाई हटाएर तपाईँले रोजेर ल्याएका बरिष्ठ पदाधिकारीले न आइओएमलाई कायापलट गर्न सके न त अस्पताललाई नै । बरु अनसन सुरु हुने भन्दा अघिको अवस्थामा समेत धमिल बनायो ।बरिष्ठ र कनिष्ठको रुपमा फाटो ल्याउने काम गरयो । राजनीति घुसाउने काम गर्यो । मै आफैलाई समेत तपाईँले कनिष्ठको दर्जा दिलाईदिनुभयो । नेतृत्वका लागि भिजन र योग्यता वा सक्षमता होइन् तपाईको अनसन कपाल फुलाउनै पर्ने र छाला चाउरी नै पार्नुपर्ने योग्यता तोकिदियो । र त्यो खालको योग्यता कति प्रभावकारी हुने रहेछ भन्ने पनि देखियो ।

नेतृत्वका लागि भिजन र योग्यता वा सक्षमता होइन् तपाईको अनसन कपाल फुलाउनै पर्ने र छाला चाउरी नै पार्नुपर्ने योग्यता तोकिदियो । र त्यो खालको योग्यता कति प्रभावकारी हुने रहेछ भन्ने पनि देखियो ।

मलाई के लाग्छ भने सुधार आफूबाट नै हुनुपर्छ । तपाईले पनि आफैबाट सुधार गर्ने हो देशकै चिकित्सा सेवा वा क्षेत्र बदल्न हिडेको व्यक्तिले पहिले आफै कार्यरत संस्थालाई सुधार्नु पर्छ कि पर्दैन् मेरो प्रश्न हो यो ।

डा. केसी ! अनसनले अस्पताल तथा आईओएमलाई जे जति विकृत बनाएपनि तपाईँलाई घाटा भएको छैन है । अनसनले तपाईँलाई सुप्रिमेसी बनाइदियो । हरेक निर्णयमा त्यहाँ नीति नियम कानून हेरिदैन डा. केसीले के भन्छन् भन्ने अवस्थामा पुग्यो नियमक निकायहरु पनि । यसले तपाईँलाई त फाइदा होला तर विधिको सासन मान्नेहरुलाई भने ठुलो झडका दिएको छ । तपाईँले योग्य भने योग्य हुने , तपाईँले तस्कर भने तस्कर हुने वा माफिया भने माफिया हुने परिपाटी आएको छ । तर यसले पनि कानूनी राज्यको खिल्ली उडाएको छ । नियम कानूनलाई धोती लगाइदिएको छ ।

अनसनले अस्पताल तथा आईओएमलाई जे जति विकृत बनाएपनि तपाईँलाई घाटा भएको छैन है । अनसनले तपाईँलाई सुप्रिमेसी बनाइदियो । हरेक निर्णयमा त्यहाँ नीति नियम कानून हेरिदैन डा. केसीले के भन्छन् भन्ने अवस्थामा पुग्यो नियमक निकायहरु पनि । यसले तपाईँलाई त फाइदा होला तर विधिको सासन मान्नेहरुलाई भने ठुलो झडका दिएको छ । तपाईँले योग्य भने योग्य हुने , तपाईँले तस्कर भने तस्कर हुने वा माफिया भने माफिया हुने परिपाटी आएको छ । तर यसले पनि कानूनी राज्यको खिल्ली उडाएको छ । नियम कानूनलाई धोती लगाइदिएको छ

कानून बमोजिम त्यतिवेला म डीन नियुक्त हुँदा तीनवटा मुख्य एजेन्डा सारेको थिएँ । आइओएमलाई विश्वविद्यालयमा लैजाने, शिक्षण अस्पताललाई सुपरस्पेस्यालिटीमा रुपान्तरण गर्ने र एमडी एमएस निशुल्क गर्ने । डीन भएको तेस्रो दिनमै मैले पत्रकार सम्मेलन गरेर भिजन प्रस्तुत गरेको थिएँ । त्यहि माग तपाईँका पनि थिए तर न मलाई काम गर्न दिनुभयो न त तपाईँले नै ति काम गर्न सक्नुभयो ।

अन्तमा डा. केसी  ! फेरी पनि अनसनको घोषणा गर्नुभएको छ । विगतका भन्दा यसपटकको माग पनि अलि बेग्लै छ । यी मागहरु आइओएम र त्रिविले पुरा गर्ने भन्दा पनि राज्यका निकायले गर्ने खालका हुन जस्तो लाग्छ ।

मैले त सकेसम्म यस्तो अनसन नबस्नु नै भन्ने हो । यदि बस्नु हुन्छ भने तपाई पनि कुनै सार्वजनिक स्थल रोज्नुस् । यसपटक अस्पताललाई बन्दी नबनाउनुस् । व्यक्तिकेन्द्रीत र निकाय केन्द्रीत माग राखेर अस्पतालमा अनसन बसी सेवा प्रभावित गर्नु नितान्त गैरकानूनी कुरा हो ।

-उही तपाईँको भलो चाहने मित्र

प्राडा शशी शर्मा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ

नेपाली हेल्थसंग जोडिनका लागि लाइक गर्नुहोस हाम्रो फेसबुक पेज । सो पेजमा जानका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

13 thoughts on “अनसन घोषणा गरेका डा. केसीलाई डा. शशिको खुल्ला पत्र !

  1. Dr Sashi you are corrupted Dr so doesn’t shut to talk this way . Yo choti chahi Katima bikdai chau?

  2. नेतृत्वका लागि डा केसीको मापदण्ड कपाल फुलाउनुपर्ने र छाला चाउरी पर्नुपर्ने चाही गज्जब लाग्यो । यो बरिष्ठताका आधारमा नियुक्ति भएकाहरुले कस्तो काम गर्दा रहेछन पनि देखियो । डा केसीलाई केही मिडियाले उचालेकै भरमा डा शशी माथि जुन खालको आरोप लगाई हठात रुपमा हटाउने काम गरियो यसले देश विधिको शासनले होइन भावनाले चल्छ भन्ने समेत प्रमाणित भएको छ ।

    1. डाक्टर शशिकै शब्द सापट लिएँ –

      हरेक निर्णयमा त्यहाँ नीति नियम कानून हेरिदैन डा. केसीले के भन्छन् भन्ने अवस्थामा पुग्यो नियमक निकायहरु पनि । यसले तपाईँलाई त फाइदा होला तर विधिको सासन मान्नेहरुलाई भने ठुलो झडका दिएको छ । तपाईँले योग्य भने योग्य हुने , तपाईँले तस्कर भने तस्कर हुने वा माफिया भने माफिया हुने परिपाटी आएको छ । तर यसले पनि कानूनी राज्यको खिल्ली उडाएको छ ।

  3. Limelight ma auna j pani chitthi lekhne. Shrimati chai kaam ma vyasta. Buda netagiri. Respect pauna garo cha Dr. Sashi. Feri sukarma garera puna janma Linus. Tapai kansa hunuhuncha. Dharma yuddha ma. (Although freedom of Speech)

  4. dr. shashi ko kura sunda thikai lagyo , bt ek thari le dr k c lai deuta nai maneka chan, khas ma ko thik ko bethik ho chutyaunai sakiyen, ki dubai po thik hun ki , anyways Dr shashi le kc lai lekheko letter chai ramro cha, man ko pida pokheko jasto cha dr shashi le …

  5. ऊहाँको सुरुका दिनमा अनसनमा बसेको बेलाको माँगहरु पुरा भई दिएको भए किन घरी घरी अनसनमा बस्नु हुन्थियो र?
    कुनै पनि संस्थामा कसैको पनि नियुक्ति जसरी भए पनि जो सिनियर हुन्छ त्यसैको उच्च पद ( यहाँ “डिन” ) पाउने हक हुन्छ, यदी सिनियरले उच्च पदमा न बस्ने आफ्नो ईच्छा देखाए मात्र त्यो पछिको जुनियरलाई त्यो पद दिईन्छ, होइन र?
    मेरो त झन डा. के. सी. प्रति को सम्मान बढ्यो कि ऊहाँले आफ्नै साथीको नियूक्ति गलत हुदाँ सत्यको साथ दिनु भयो। र आफ्नो साथी बिरुद्ध जानु भयो।
    डा. शशि, तपाईको शब्दहरु र सोचाई त्यति मन पर्ने भएन। तपाईको नियुक्ति सिनियरिटीको हिसाबमा भएको थिए न भन्ने थाहा पाऊँदा त लाग्दै छ तपाँई माथि ठूलै व्यक्तिहरुको ‘आशिर्वाद’ छ रहे छ भन्ने बरु ऊहाँलेको जायज माँगहरु पुरा गराई दिनुस् अनि ऊहाँ किन घरी घरी अनसन बस्थे!

    1. आज म सम्पूर्ण न्याय पूर्ण दाज्यु भाई दिदि बहिनि बुबा आमा हरु जो जो मानब अधिकार नागरिक समाज विभिन्न सग सस्था बिदेसमा हुनु भएको नेपाली हरुमा म यो निबेदन गर्छु कि हामी २४३५ जनाले मनमोहन हस्पिटल मा ऋणपान गरेर जति सक्दो लगानी गरेको मा तेस्मा एक जना बेक्ती गोबिन्द केसी ले अनसन बस्यो भन्दैमा हाम्रो सम्पतिमा कुनै जानकारी नदी छलफलनै नगरी आफूखुसी मनमोहन हस्पिटल लाइ नेम्स ले किन्ने गरि निर्णय गरेको हामीले संचार माद्यम बाट थाहा पाएको हुदा हामी तिन छक्क परेको छोउ |बिदेसमा गएर लगानी गर्दा तेहा उसको जिउ धन को सुरच्छे हुन्छ भने यहा नेपाल मा आफ्नै देसमा हाम्रो जिउ धन को छुरच्छे नहुने भयो |सरकार मा जानेहरु बाटै हामी असुरच्छे भयेउ |हामीलाई अब कसले इन्साफ दिन्छ |अब अदालत को ढोका धक्धक्यौन जान पर्ने भयो |अदालतमा पनि इन्साफ पाउछ्कि पाउदैन थाहा छैन |तेहा पनि सरकारकै बेक्तिको कुरा सुन्ने होला ?सरकारमा पुग्ने बितिक्कै त्यो मान्छेले जे जे पनि गर्न पाउने रहेछ हाम्रो देसमा |अब नेपाल मा कुनै नागरिक को पनि जिउ धन को सुरच्छे नहुने भएछ |हाम्रा सन्तान हरु बिदेस तिर गएको राम्रो भएछ भन्न पर्ने दिन आयछ |लोक तन्त्र भनेको कस्तो होला भनेको त जनताको जिउ धन को सुरच्छे नहुने पो रहेछ |यहा त देस को ढुकुटी लुटेर नपुगेर जनताको सम्पति मा हस्तछेप गर्न लागे |आज हाम्रो सम्पति मा हछ्तछेप गर्न लाग्दै छ भने भोलि तपाइँ हरुको सम्पतिमा पनि गर्छन |तेसैले जो कोइ इमान्दार हुनु हुन्छ उहाहरुले हामीलाई साथ दिनुस |जसले गर्दा हाम्रो सम्पति को सुरच्छे होस् |बिभिन्न संचार माद्यम ले पनि हामीलाई साथ दिनु होला |सत्तेको लागि साथ मागेको हो |हामीले असत्ते गरेको छैन |हाम्रो सम्पति को मन्त्रि हुने बितिक्कै हक जमाउन मिल्छ ?यसको लागि चुप लागेर बसिदैन |इन्साफ माग्न पाउने सबै ठाउमा गइन्छ |सडक यरियाको १० मिटर भित्रको साना घर हरुमा त सरकारले मुवौजा दियो भने हाम्रो त नम्बरी जग्गा मा बनेको बिल्डिग हो |त्यो बनाउन सरकारले किन मनसाय पत्र दिएको त ?नदिएको भए तेत्रो लगानी कसैले पनि गर्दैन थिए |बनि सके पछि दाहाले गोबिन्द केसीले मनमोहन लाइ नामै तोकेर अनसन बसे |केसी ले अनसन बसे भन्दैमा हाम्रो सम्पति को हस्तछेप गर्न मिल्छ ?हामी पनि अनसन बस्छोउ |हाम्रो माग पुरा गर्ने कि नगर्ने ?केसी यो देस को सर्ब श्रेस्त बेक्ती रहेछन |किनकी उहाले जे जे भन्यो तेही हुनु पर्ने |केसी जी लाइनै सरकार चलाउन दिए भैगयोनि |अरु बेक्ती किन चाहियो |अहिले को सरकार जनताको होइन रहेछ |टिका पुर्को घटना लाइ बिमलेन्द्र निदी ले ज्यान मारा हरुलाई छुटाउन अनेक कोसिस गर्दैछ |के भएको अहिले को सरकारमा बस्नेहरु देस र जनताको बिपरित काम गर्दै छ |कोइ भारत मा गएर आफ्नो देसको बिपरित काम गर्ने कोइ हत्त्यारा लाइ जोगाउन कम्मर कसने कोइ २४३५ जनाको लगानी मा हस्त छेप गरेर आफु खुसि निर्णय गर्ने |कोइ देस्लाइनै भारत को मात हमा राख्न मरि मेट्ने |देस र जनताको लागि कसैले पनि काम गरेको देखिदैन |यस्तो हुदा पनि सबै निकाए हरु किन मौन बसेको ?अब सबै मिलेर आवज उठाउन अगि बडो उ |२४३५ जना सेर धनि थोरै मान्छे होइन |येत्रो बेक्ती को लगानी मा आफु खुसि निर्णय गर्न पाउछन |गगन थापा सहि बेक्ती हुनु हुन्थियो भने कसैलाई पनि मर्का पार्ने काम गर्दैन थिए |सहि इन्साफ गर्थिये |यो केस ले उहाको प्रतिस्ता मा ठुलो आच आउछ |हामी पनि यसै छाड्ने छैन उ |

  6. Dr. you are absulutely right. Ansan is not a jike. It has a limite and time. It is not a product of a Distrubed mind. Intellectual Docters must think farsightely. Dr k. c. has no farsighteness. He always makes emotional decision. Dr. kc please stop sit down strike withen the hospital area.

  7. Dr. KC ko matrai dosh chhaina, IOM TUTH sabai professors, staff haru le support gareko vaye, sabai documents, papers bahira niskeko vaye, ekchoti mai sabai truth aghi auchha! Eklai vaye pachhi, Dharahara pani ekdin dhaldoraichha! Emotional decision ko faida uthau6an and do realize where our health education is, do admit once mistakes and hold hands the like-minded people before it’s too late.

  8. डाक्टर शशिले राम्रो चिरफार गर्नुभएछ। आशा गरौँ – यो पटकको अनसन अस्पतालमा हुने छैन।

  9. Dr. KC’s Strike is absolutely irrelevant. It can be said that his mood to control Health Sciences Colleges in Nepal and billions of $s in the abroad. This is not patriotic rather than joke.

Leave a Reply to Prakash Cancel reply

Your email address will not be published. Required fields are marked *