तपाइँ सुत्दा घुर्नुहुन्छ ? छुट्कारा चाहेको हो भने यसो गर्नुस्

ghurnu

  • यदि तपाइँको शरीर मोटो छ भने तौल घटाउन कोशिस गर्नुस् । मोटो मान्छेलाई ब्लड प्रेशरको सम्भावना बढी हुन्छ । ब्लडप्रेसर सामान्य अवस्थाबाट एक्कासि बढ्दा घुर्ने समस्या निम्तिन्छ त्यसैले ब्लडप्रेसर नियन्त्रणमा राख्नु जरुरी हुन्छ ।
  • धूमपान तथा चुरोट सेवन पनि घुर्ने समस्याको प्रमुख कारण हो । चुरोट सेवन गर्न छोडिदिनुहोस् ।
  • घाँटीमा कफ पैदा हुँदा घुर्ने समस्या हुन्छ । राति सुत्नुअघि दूध, तेलयुक्त परिकार, चकलेटजस्ता खाना नखानु राम्रो हुन्छ । प्रशस्त मात्रामा पानी पिउन जोड गर्नुहोस् ।
  • पंखा र एसीको सीधा नसुत्नु किनकी पंखा र एसीको सिधा सुत्दा श्वासनलीमा असर गर्छ र घुर्ने समस्या उत्पन्न हुन्छ ।
  • हरेक दिन सुत्नुअघि मनतातो पानी पिउँदा श्वासनली राम्रोसँग खुल्छ र समस्यामा राहत मिल्छ । चिसो चिज खानु हुँदैन ।
  • राति सुत्नुअघि तातो पानीमा आयुर्वेदिक तेल राखेर बाफ लिँदा घुर्ने समस्यामा राहत मिल्छ ।
  • सुत्नुअघि एक चम्चा मह पिउँदाफाइदाजनक हुन्छ । सुत्नुअघि नाक सफा गरे नाकमा जम्मा भएका धुलोमैलो हटेर घुर्ने समस्यामा राहत मिल्छ ।
  • तातो पानीले घाँटी कुल्ला गर्दा पनि राहत मिल्छ । (सुत्ने आसनले पनि घुर्ने समस्यामा प्रभाव पार्छ । अग्लो सिरानीमा नसुत्ने र बायाँ कोल्टेर सुत्नुभयो भने घुर्ने समस्याबाट मुक्ति पाउन सक्नुहुनेछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *