अनुहारमा दाग छ ? यसरी हटाउनुहोस्

face in dagयदि तपाइँको अनुहारमा वर्षौदेखि रहिरहेको दाग हटाउन चाहनुहुन्छ भने अण्डा र महको फेसप्याक बनाएर अनुहारमा लगाउनुभयो भने त्यसले पुरै अनुहारको दाग मेटाउँछ र अनुहारमा चमक पैदा गर्छ ।

महमा एन्टीबायोटिक तत्व हुन्छ जसका कारण छालामा रहेका किटाणुहरुलाई नष्ट पार्छ र त्वचालाई स्वस्थ र सुन्दर बनाउन मद्दत गर्छ ।

एकवटा अण्डाको सेतो भागमा एक ठूलो चम्चा मह मिलाई पेष्ट बनाउने र पुरै अनुहारमा १०/ १५ मिनेटसम्म मालिस गर्ने र त्यसपछि २० मिनेट जति त्यतिकै छाडिदिने र सफा पानीले धुने गर्नुपर्छ । यो प्रक्रिया हप्तामा दुई पटक गर्नु जरुरी हुन्छ । यसले तपाइँको अनुहारमा रहिरहेको पुराना दागहरु मेटाउन मद्दत गर्छ ।

ताजा कागतीको रस लिनुहोस्, त्यो रसमा कपासको टुक्रा डुबाउनुहोस्। त्यो कपासलाई अनुहारमा दल्नुहोस् र यस्लाई सुक्न दिनुहोस्। कसैलाई कागतीको रसले अनुहार पोल्न सक्छ। कागतीको रसमा केही गुलाबजल या सादा पानी हालेर हल्का पातलो बनाउन सक्नुहुन्छ। यो लगाइसकेपछी अनुहारलाई १५/२० मिनट सम्म राम्रो सँग सुक्न दिनुहोस् र सफा पानीले अनुहार धुनुहोस्। यो प्रकृयालाई कमसेकम हप्तामा ४ पटक दोहोर्यौउनुहोस्, केही समय पछि तपाईंले आफ्नो अनुहारमा उल्लेखनीय परिवर्तनहरु देख्न सक्नुहुनेछ।

यसका साथै पानीको बाफले अनुहार सफा गर्ने र सुख्खा राख्ने खालको क्रिम प्रयोग गर्नुस् र जथाभावि औषधिको प्रयोग नगर्नुस् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *