हीङका चमत्कारिक लाभदायी गुण

hing

हीङमा औषधिय गुण हुन्छ । यसको सेवनले पेटसम्बन्धी बिभिन्न समस्याका लागि फाइदाजनक हुन्छ । हीङमा एन्टी अक्सिडेन्ट हुन्छ जसले पेट दुख्ने, अपच हुने , ग्यास्ट्रिक तथा कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । हिङलाई पेटको वरिपरी लगाउनाले पेट दुखेमा, पेट फुलेमा तथा पेटमा भारी महसुस भएमा आराम मिल्छ ।

हिङको प्रयोगले छालासम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ । छालामा दाज भएको ठाउँमा हीङ लागउनाले निको हुन्छ । साथै छालासम्बन्धी बिभिन्न समस्या समाधान गर्न उपयोगी हुन्छ ।

टाउको दुखेमा पानीसंग हिङ खानाले तुरुन्त आराम मिल्छ । यसमा कोमरिन्स नामक तत्व हुन्छ । यसले रगतलाई पातलो बनाउन मद्दत गर्छ अर्थात् रगत जम्नबाट रोक्छ ।

हीङको सेवनले शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्नुका साथै मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा शुगरको मात्रा नियन्त्रण गर्न मद्दत मिल्छ ।

हिङको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउनुका साथै क्यान्सरको कोशिकाको बिकास हुनबाट रोक्छ ।

हिङमा स्वाइनफ्लु जस्ता घातक बिरामीका लागि पनि लाभदायी हुन्छ । यसमा एच.वन.एन वन भाइरसलाई नष्ट गर्ने क्षमता हुन्छ ।

हीङलाई अदुवासंग मिलाएर खानाले खोकी तथा ब्रोेन्काइटिसको समस्याबाट आराम मिल्छ ।

यसको सेवन गर्नाले पुरुषमा नपुंसकता, शिघ्रपतनको कमी हुनबाट बचाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *