यी हुन् त्रिफलाका ६ फाइदा

 

trifala

त्रिफला तीन फलको मिश्रणबाट बनेको चुूर्ण अर्थात् धूलो हो । यसमा तीन वटा फल अमला, हर्रो र बर्रो मिलाएर त्रिफला चूर्ण बनाइन्छ ।

यो एक प्रकारको घरेलु आषधिका साथै आयुर्वेदिक औष्धि पनि हो । यसको सेवनले शरीरमा लाग्ने बिभिन्न रोगहरु निको बनाउन मद्दत गर्छ । यसलाई घरमै पनि तयार बनाउन सकिन्छ ।

त्रिफलाका ६ फाइदाहरु के के रहेछन् :

१. एक चम्चा त्रिफलाको धूलोलाई एक कचौरा पानीमा भिजाएर त्यसलाई कपडाले छानेर आँखा धूने गर्नाले आँखा स्वस्थ र सफा हुनुका साथै आँखा पोल्ने समस्याबाट मुक्ति मिल्छ ।

२. त्रिफला रातभरी पानीमा भिजाएर राख्ने र बिहान एकछिन मुखमा राखेर कुल्ला गर्नाले मुखको दुर्गन्ध हट्नुका साथै दाँतलाई मजबुत बनाउन मद्दत गर्छ ।

३. यसको नियमित सेवनले मोटोपन कम गर्न सहयोग गर्छ ।

४. यसलाई गाईको दूधमा मिलाएर खानाले आँखालाई फाइदा गर्नुका साथै आँखा तेजिलो हुन्छ ।

५. यसको नियमित सेवनले मोतिबिन्दु तथा दृष्टिबिहिन हुने सम्भावनालाई कम गर्छ ।

६. त्रिफलाको सेवन गर्नाले पेट सम्बन्धी समस्या तथा पिसाब सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मधुमेह रोगका लागि फाइदाजनक हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *