राप्ती अञ्चल अस्पतालमा सिसी क्यामेरा जडान

sisi

दाङ –  राप्ती अञ्चल अस्पताल तुलसीपुरमा रु. पाँच लाख बराबरको लागतमा सिसी क्यामेरा जडान गरिएको छ । दाङको बेलुवा निवासी गोबिन्दप्रसाद बस्यालको आर्थिक सहयोगमा सो क्यामेरा जडान गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा हुने ढिला सुस्ती र कामलाई प्रभावकारी गराउँदै सुरक्षाका लागि अस्पतालका इमर्जेन्सी, प्रशासन, ओपिडी, इन्डोरलगायतका १७ स्थानमा सिसी क्यामेरा जडान गरिदिएको बस्यालले बताए । उनका अनुसार ‘अस्पतालमा धेरै विकृत्ति देखियो त्यसलाई निराकरण गर्न यस्तो सहयोग गरेको हुँ ।’

२५ वटा क्यामेरा जडान गर्ने लक्ष्य भए पनि हाल अस्पताल परिसर, आफ्नो तरकारी खेती र इलाका प्रहरी कार्यालय तुलसीपुर जडान गरी १७ वटा सिसी क्यामेरा जडान गरेको र अस्पतालका सबै स्थानमा क्यामेरा केही दिनमानै जडान गर्ने बस्यालले बताए ।

त्यसैगरी अस्पतालमा सिसी क्यामेरा जडानसँगै सेवामा सहजता र सबै गतिविधि निगरानी हुने अस्पतालका मेसु डा. भोलाराम श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठका अनुसार ‘अस्पतालमा कस्तो प्रकृतिको बिरामी आयो, कुन कर्मचारीले कस्तो सेवा दिएका छन् सबै थाहा हुन्छ, सुरक्षाको दृष्टिकोणले पनि धेरै सहयोग पुगेको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *