संस्थागत रुपमा रगत बितरण गर्ने व्लड बैकको प्रयास अझै असफल

बालकुमारीमा रहेको इमरजेन्सी व्लडबैंक
बालकुमारीमा रहेको  व्लडबैंक

काठमाडौँ – अस्पतालहरुलाई संस्थागत रुपमै रगत वितरण गरी रगत अभाव हटाउने केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (व्लड बैंक)को योजना अझै पुरा हुन सकेको छैन् । अस्पतालहरुले फुटकर रुपमा विरामीका आफन्तमार्फत रगत लिने गर्दा बेला बेलामा रगतको समस्या पर्ने गरेको व्लड बैकको ठहर छ ।

व्लड बैकका निर्देशक डा. मनिता राजकर्णिकारले अस्पतालहरुले संस्थागत रुपमा रगत नलिँदा बेला बेलामा रगत वितरणमा समस्या पर्ने गरेको बताइन् । उनले अस्पतालहरुमा फुटकर रुपमा वितरण गर्दा आवश्यकता भन्दा बढी रगत दिनुपर्ने र लगेको रगतको एक तिहाई प्रयोगमै नआई खेरजाने गरेको बताइन् ।

उनले संस्थागत रुपमा रगत वितरण गर्नसके विरामीका आफन्त, व्लड बैक र अस्पताल स्वयंलाई सजिलो हुने बताइन् । ‘अस्पतालले संस्थागत रुपमा एकमुष्ठ रगत लगे सुरक्षित र व्यवस्थित समेत हुने थियो । लगेको रगत फिर्ता गर्नुपर्ने थिएन । बिग्रने सम्भावना कम हुनेथियो । तर अहिले व्यक्तिलाई रगत दिएर पठाउँदा सबै प्रयोगमा आएको देखिदैन , प्रयोगमा नआएको रगत कतिपय आउदैनन र आएका पनि निकै ढिला आउछन् । कतिपय फिर्ता गर्दा तापक्रम समेत नमिलेर फाल्नुपर्ने अवस्थामा आएका हुन्छन् ,’ नेपालीहेल्थसंग उनले भनिन् ।

कुन कुन अस्पतालले लैजान्छन् संस्थागत रुपमा रगत  ?

डा. राजकर्णिकारका अनुसार सरकारी अस्पतालहरु पाटन अस्पताल, प्रहरी अस्पताल महाराजगञ्ज, नेपाली सेनाको अस्पताल छाउनी, तथा निजी अस्तपालहरु ग्राण्डी अस्पताल धापासी, अल्का अस्पताल जाउलाखेल, सुमेरु अस्पताल धापाखेल लगायतका अस्पतालहरुले भने संस्थागत रुपमा रगत लिने गरेका छन् ।

तर बढी रगत चाहिने शहिद गंगाला राष्ट्रिय हृदयरोग केन्द्र, बीर अस्पताल, टिचिङ अस्पताल लगायतका ठूला सरकारी अस्पताल अहिले पनि फुटकर रुपमा रगत लिन विरामीका आफन्तलाई व्लडबैक सम्म कुँदाउछन् ।

यसरी फुटकर दिनुपर्दा रगत अभाव हुने गरेको निर्देशक डा राजकर्णिकारको भनाई छ । उनले स्वास्थ्य मन्त्रालय मार्फत सबै अस्पताललाई संस्थागत रुपमा रगत लिन निर्देशन भएपनि सो को कार्यान्वनय अझैसम्म हुन नसकेको बताइन् ।

व्लड बैकमा अहिले दैनिक औषत दुई सय ५० युनिट रगत जम्मा हुने गरेको छ । उपत्यकाको दैनिक माग भने औषत तीन सय बढी हुने गरेको देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *